site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धरानका सञ्चारमाध्यमलाई एमालेको आश्वासनः ‘मिडिया रिसर्च सेन्टर’ बन्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धरान । आसन्न दोस्रो चरणको स्थानीय निर्वाचनका लागि मिडियामा जाने नीतिअनुरूप मिडियाकर्मीसँग छलफल गर्न पुगेको नेकपा एमालेलाई धरानका सञ्चारकर्मीले मिडियामैत्री पार्टी भनिदिएका छन् । एमालेले पनि स्थानीय सरकार बनेपछि नीतिगत निर्णय गरेरै सञ्चार क्षेत्रको विकास गर्ने आश्वासन दिएको छ ।
सञ्चारकर्मीले एमालेलाई मिडियामैत्री भनेपनि मिडियाको क्षेत्रमा राजनीतिक दलले खासै काम नगरेकाले धरानलाई ‘मिडिया रिसर्च सेन्टर’का रूपमा विकास गर्न एमालेसँगै माग गरेका छन् ।   
नेकपा एमाले निर्वाचन परिचालन कमिटी धरानले बुधबार धरानमा सञ्चारगृह सञ्चालक तथा सम्पादकहरूसँग गरेको अन्र्तकृयामा एमाले पहिलेबाट नै मिडियामैत्री भएको भन्दै धरानमा सञ्चारमाध्यमको अवस्था विकासका लागि काम गर्नु पर्ने सञ्चारकर्मीले जोड दिए । 
कार्यक्रममा बोल्दै ब्लाष्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्कीले धरानलाई एमालेले ‘मिडिया रिसर्च सेन्टर’का रूपमा विकास गर्नुपर्ने बताए । स्थानीय पत्रपत्रिकाको विकासका लागि समानुपातिक विज्ञापन वितरण तथा लोक कल्याणकारी विज्ञापनको व्यवस्था गर्नुपर्ने कार्कीले सु्झाव दिए ।
मार्निङ टाइम्स दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक सागर भट्टराईले एमालेले स्थानीय तहको निर्वाचनलाई आफ्नो पक्षमा पार्न धरानका केही विकासे योजनामा आफ्नो दाबी गरेको र त्यसमाथि लागेको आक्षेपलाई स्पष्ट पार्नु पर्ने बताए । उनले धरानमा एमाले ठूलो दल भएकाले विकासका योजनामा जस तथा अपजस लिनु पर्ने बताएका थिए । 
औजार दैनिकका प्रधान सम्पादक भीमज्वाला राईले एमालेलाई धरानका मिडियाले नजिकबाट चिनेको बताए । उनले धरानलाई सञ्चार क्षेत्रको राजधानीको रूपमा विकास गर्न आवश्यक रहेको सुझाव दिए । 
बिष्फोटन दैनिकका समाचार सम्पादक तथा पत्रकार महासघं सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले धरान क्षेत्रमा रहेका सञ्चारमाध्यमका समस्या पहिचान गरी समाधान गर्न एमालेले प्रभावकारी भूमिका खेल्नु पर्ने बताए । 
अन्तक्र्रियामा ‘दिव्यरोशनी’ साप्ताहिककी सम्पादक मनिता चाम्लिङ, दन्तकाली एफएमका म्यानेजर दुर्गा भुजेल, समाचार सम्पादक तीर्थ कार्कीलगायतले एमालेको घोषणापत्र सार्वजनिक नहुनुको कारण र विकास निर्माण सम्बन्धी जिज्ञासा राखेका थिए । 
जिज्ञासालाई सहजीकरण गर्दै एमाले धरानका अध्यक्ष तथा मेयरका प्रस्तावित उमेदवार तारा सुब्बाले धरानमा सञ्चार क्षेत्रको विकासका लागि विगत देखि नै योजना पेश गरेपनि कार्यान्वयनको तहमा नआएको बताए ।
स्थानीय तहको निर्वाचनले स्थानीय सरकार निर्माण गर्ने भएकाले स्थानीय सरकारमा पुगेपछि नितीगत निर्णय गरेर सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने एमालेको भनाइ थियो । अन्तक्र्रियामा एमाले सुनसरीका सचिवालय सदस्य तथा निर्वाचन परिचालन कमिटी संयोजक प्रकाश राई, धरानका इन्चार्ज प्रदीप भण्डारी लगायतले सञ्चारकर्मीका जिज्ञासामाथि उत्तर दिएका थिए । 
धरान एमालेले चाँडै उमेदवार टुंगो लगाउँदै घोषणापत्र सार्वजनिक गर्ने बताएको छ । सञ्चार क्षेत्रका लागि योजनासमेत ल्याइने एमालेले अन्तक्र्रियामा स्पष्ट पारेको छ । 

धरान सभागृहलाई थिएटर सहितको मल्टिप्रपोज हल बनाइने
नेकपा एमाले धरानले धरान सभागृहलाई अन्तराष्ट्रिय स्तरको सभागृहको रूपमा विकास गर्ने योजना रहेको बताएको छ । 
स्थानीय सञ्चारकर्मी सँग आयोजित अन्तक्र्रियामा उठेका प्रश्नको जवाफमा एमाले धरानका अध्यक्ष तथा मेयरका प्रत्याषी तारा सुब्बाले धरान सभागृहलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने बताए । उनले सभागृहमा थियटर सहितको ‘मल्टीप्रपोज’ सभाहल बनाइने बताए । 
सभागृह सञ्चालनमा एमालेले अवरोध गरेको भन्ने विषयमा जिज्ञासा आएपछि सुब्बाले धरान नगरको सम्पती कुनै एक व्यक्ति वा कम्पनीलाई ५० औँ वर्षका लागि दिन नहुने अडान राखेको बताए । 
यसलाई व्यावसायीकरण गरेर नगरको आम्दानी विकास गर्ने भन्दापनि निजीकरण गर्नेको चलखेल भएकाले एमालेले विरोध गरेको र बहुउद्देश्यीय सभाहलको रूपमा विकास गर्नु पर्ने प्रस्ताव अगाडि सारेको सुब्बाले बताए । 

बसपार्क र विमानस्थल बारे भ्रम नफैलियोस्
धरानमा बसपार्क निर्माण गर्न एमालेकै पालमा नीतिगत निर्णय भएर योजना आएपनि राजाको प्रतक्ष्य साशनकालमा आएर बदमासी भएको नेकपा एमाले धरानले बताएको छ । एमालेले यसलाई सच्याएर योजना अगाडि बढाउने प्रकृया सुरु भइसकेको बताएको छ । 
वास्तविक कुरा नबुझी एमालेलाई दोष थोपर्ने नियोजित कार्यप्रति एमाले सचेत रहेको धरानका एमाले अध्यक्ष सुब्बाले बताए । धरान विमानस्थल निर्माणको बिषयमा केही राजनीतिक दलले जनतालाई भ्रम छर्ने काम गरिरहेको भन्दै जनतालाई भ्रमित पार्ने काम नगर्न उनको आग्रह थियो । 
“विमानस्थल निर्माणको प्रकृया अगाडि बढाउने कसरत भएको छ तर आजभोलि नै निर्माण सुरु हुन्छ जस्तै गरी जनतालाई भ्रम छर्न थालिएको छ, त्यो जनताप्रतिको बेइमानी हो ।” सुब्बाले भने । 
अहिले नागरिक उड्यन प्राधीकरणलाई जग्गा हस्तान्तरण गर्ने प्रकृया स्थानीय विकास मन्त्रालयमा पुगेको छ । धरानमा जहाँ विमानस्थल बनाउने भनिएको छ त्यहाँका जनताको बसोबासको अर्को व्यवस्था नमिलाई काम सुरु गर्ने विषयमा एमालेले अडान लिएको सुब्बाले बताए । उनले भने, “विमानस्थल बनाउन आवश्यक जग्गा अहिले छैन, आवश्यक जग्गाका लागि त्यहाँ बसोबास गर्ने वासिन्दालाई अर्को विकल्प नदिई काम अगाडि बढाउनु हुँदैन भन्ने हाम्रो अडान छ ।” सुब्बाले धरान क्षेत्र भित्रका सडकको पुनर्निर्माणका लागि कोष बनाएर तत्काल निर्माण गर्ने योजना एमालेसँग रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०७४  ०२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC