site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बालबालिका भोलिको उज्यालो कर्णधार हुन् । तर समाजमा अझैपनि त्यस्ता बालबालिका छन्, जसको भविष्य अन्धकार देखिन्छ । सडकको चिसोमा रात कटाउने बालबालिकाहरूको समाजमा कमी छैन । 
केन्द्रीय बाल कल्याण समितिले यस्ता पीडित सडक बालबालिकाको उद्घार गर्नका निम्ति मनोविमर्श, संरक्षण, सामाजिकीकरण, पारिवारिक र सामाजिक पुनर्मिलन, पुनःस्थापना तथा पुनरएकीकरणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । त्यसका साथै बालबालिकालाई सडकमा नआउने वातावरण सिर्जना गर्न पारिवारिक सहयोग कार्यक्रमलाई प्रवद्र्घन गर्दै स्थानीय तहमा नै बालअधिकारसम्बन्धी सचेतना कार्यक्रमहरू संचालन गर्ने गरेको छ । 
सडक बालबालिकाको व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू सरकारी, गैरसरकारी, विकासका साझेदार संस्था र नागरिक समाजसँगको साझेदारी समन्वय, सहयोग र सहककार्यमा सञ्चालन गर्न र भइरहेका गतिविधिहरूलाई समन्वयात्मक रुपमा व्यवस्थित र प्रभावकारी बनाउन नेपाल सरकारले “सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२ जारी गरेको छ ।
केन्द्रीय बालकल्याण समितिकी बाल सरक्षण अधिकृत सुनीता शाह भन्छिन्, “यस केन्द्रले खोजतलास समन्वय केन्द्रको समन्वय र सहकार्यमा औपचारिक रुपमा सडकबाट बालबालिकाको उद्घार कार्य प्रारम्भ गरी बालबालिकाको आवासीय संरक्षण र व्यवस्थापन कार्य प्रारम्भ गरेको छ ।” उद्घार गरिएका बालबालिकालाई हाल सम्पर्क गृह, सामाजिकीकरण केन्द्र र लागु औषध पुनस्र्थापना केन्द्रहरू मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । 
उद्घार गरिएका पुर्नस्थापना केन्द्रहरूमध्ये ‘एपिसी नेपाल’ कालिमाटी, ‘सिपिसियस’ डिल्लीबजार, ‘भ्वाइस अफ चिल्ड्रेन’ ग्वार्को, ‘यूपेप नेपाल’ भक्तपुर, ‘बाल वातावरण केन्द्र नेपाल’, नयाँपाटी, ‘सोबर रिकभरी महिला पुनस्र्थापना केन्द्र’ बौद्घ, ‘रिचमण्ड फेलोशिप नेपाल’ चोभार र रक्षा नेपाल सतुङ्गल रहेका छन् ।
यस्ता खालका कार्यक्रमहरू सुरु भएपछि वैशाख २७ गतेदेखि  ५३३ बालक र ५५ जना बालिका गरी जम्मा ५८८ जना बालबालिकाको उद्घार गरी उनीहरूको व्यवस्थापन प्रक्रिया अघि बढिरहेको छ । 
उद्घार भएका बालबालिकामध्ये ५३३ जना बालक र ५५ बालिका रहेका छन् । उद्घार गरिएका बालबालिकाहरूमा साक्षर (विद्यालय गएका) ४२३ जना ७१.९३ प्रतिशत र निरक्षर (विद्यालय नगएका) १६५ जना २८.०६ प्रतिशत रहेका छन् । त्यस्तै उद्घार गरिएका बालबालिकाहरूको बुवा आमाहरूमा दुवै जिवितमा ३८९ जना ६६.१५ प्रतिशत, दुवै मृतकमा ६९ जना ११.७३ प्रतिशत, आमा मृतमा ४८ जना ८.१६ प्रतिशत, बाबु मृतकमा ८२ जना १३.९४ प्रतिशत रहेका छन् । 
उद्घार गरिएका बालबालिकाहरूले कुक तालिम, कार्पेन्टर, प्लम्बिङ तालिम, ग्रिल तालिम, मोबाईल तालिम, मोटरसाइकल मर्मत तालिम लिइरहेका छन् । तालिम लिइरहेका बालबालिकाहरूको संख्या २७ रहेको केन्द्रीय बाल कल्याण समितिले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०७४  ०५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC