site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

मनिला । दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले सरकार विरुद्ध भीषण युद्ध सुरु गरेका छन् । 

राष्ट्रपति रोड्रिगो डुटेर्टे, केही मन्त्रीगण तथा उच्च पदस्थ अधिकारी रुसको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले अकस्मात् आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका छन् । 

आफ्नो समूहलाई विश्वको कुख्यात आतङ्ककारी सङ्गठन इस्लामिक स्टेट्सको समर्थन र सहयोग रहेको भनी दाबी गर्ने फिलिपिन्सको सशस्त्र समूहः माउतेले देशमा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अधिकारीहरु नभएको मौका छोपी इस्लामी बहूल क्षेत्र मरावी नगरमा हिजो मङ्गलबार एक्कासी आक्रमण गरी त्यहाँको नगर सभागृह (सिटी हिल), एक अस्पताल र स्थानीय कारागार कब्जामा लिए । 

Agni Group

आक्रमणको क्रममा उनीहरुले एउटा क्याथोलिक चर्च भवन, एउटा कलेज र केही आवासीय भवनमा आगो लगाई नष्ट पार्ने प्रयास गरे । उनीहरुले ठूलो सङ्ख्याका नगरवासीलाई आफ्नो कब्जामा लिइ बेपत्ता पारेका समेत आशङ्का गरिएको छ । 

नगरमा चलाइएको युद्ध रोक्न खटिएका सुरक्षा कर्मीउपर उक्त सशस्त्र समूहको गोली प्रहारमा परी कम्तीमा दुइजना सैनिक, एक जना प्रहरी अधिकारी मारिनुका साथै अन्य १२ जना सख्त घाइते भएका फिलिपिन्सका रक्षा मन्त्री डेल्फिन लोरेन्जानाले बताएका छन् । 

Global Ime bank

आतङ्ककारी आक्रमण र सुरक्षाकर्मी एवम् अन्य धन, जनको व्यापक क्षति र देशवासीको अपहरणको खबर थाहा पाउनासाथ रुसको भ्रमण छोट्याई राष्ट्रपति डुटेर्टे तत्कालै स्वदेश फर्कनु भएको छ । उहाँले स्वदेश फर्किरहेको विमानबाटै मिन्दानाओ क्षेत्र र मरावी नगरमा सङ्कट कालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागु गरेको घोषणा गरेका छन् ।  

साथै ब्यापक सङ्ख्यामा राष्ट्रिय सैनिक परिचालन गर्ने आदेश दिएका छन् । परिचालित सैनिकले मिन्दानाओ क्षेत्र र मरावी नगरका कुना कुनामा पुगी संदिग्ध क्षेत्रमा छापा मार्दै, आतङ्ककारीको आशङ्कामा थुप्रै मानिसहरुलाई नियन्त्रणमा लिएका छन् । आतङ्ककारीसँगको भीडन्तको क्रममा थुप्रै सशस्त्र लडाकूको ज्यान गइसकेको छ । 

राष्ट्रपति डुटेर्टेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्र भरी सैनिक कानून लागु गरिएको र स्थिति पूर्णनियन्त्रणमा नआएमा वा आवश्यक परेमा संबिधान प्रदत्त राष्ट्रपतीय अधिकार प्रयोग गरी एक बर्षसम्म पनि सैनिक कानून लागु गर्न सकिने जनाएका छन् ।  

फिलिपिन्सको स्वाधीनता तथा गणतान्त्रिक अस्मिताको रक्षा गर्नु आफ्नो प्रमुख कत्र्तब्य रहेको जनाउँदै उनले देशमा शान्ति कायम गर्न र नागरिक सुरक्षाका लागि सैनिक कानुन लागु गरिएको स्पष्टिकरण दिँदै यसमा कोही पनि ब्यक्ति वा शक्तिले नबिथोल्न र विरोध नगर्न चेतावनी समेत दिए । । 

फिलिपिन्सको कुनै क्षेत्रमा सैनिक कानून लागु गरे पश्चात् सरकारी सेना परिचालन गर्न र कत्र्तब्य पालनको क्रममा त्यहाँ सेनाले जो कोहीलाई पनि धर, पकड, रोक, टोक थुन, छेक गर्न सक्छ । 

हाल सैनिक कानुन लागु गरिएको मरावी नगरराजधानी मनिलाबाट दक्षिणतर्फ आठसयतीस किलोमिटर टाढा पर्छ । यो नगर मुसलमान बहूल क्षेत्र हो र यहाँको जनसङ्ख्या दुई लाखभन्दा बढी छ । आतङ्ककारी आक्रमण गर्ने क्रममा सशस्त्र समूहले बिद्युत आपूर्तिको लाइन काटिदिँदा हाल यो नगर अन्धकारमय छ । अँध्यारोको कारण यहाँ साँझ परेपछि सबैजसो सर्वसाधारण मानिस अत्यन्त भयभीत रहने गरेका छन् । 

फिलिपिन्सलाई आवश्यक पर्ने आधुनिक हात हतियार रुससँग खरीद गर्ने बिषयमा राष्ट्रपति डुटेर्टेको रुस भ्रमणको क्रममा एक सम्झौतामा हस्ताक्षर हुन लागेको थियो । तर, मुलुकमा चलेको आतङ्ककारी आक्रमणलाई तत्काल नियन्त्रण गर्न अमेरिकासँग पनि केही अत्याधुनिक हात हतियार खरीद गर्ने पक्षमा हुनुहुन्छ राष्ट्रपति डुटेर्टे । 

मुसलमानी बाहुल्य रहेको, दशकौंदेखि जहिले पनि हो हंगामा, गडबड मच्चिई अशान्त भइरहने दक्षिणी मिन्दानाओ क्षेत्रमा शान्ति कायम गर्न राष्ट्रपति डुटेर्टे पहिलेदेखि नै सैनिक कानून लागु गर्ने मनस्थितिमा थिए । 

हाल परिस्थिति नै त्यस्तै पर्न गयो र त्यहाँ सैनिक शासन लागु भएरै छोड्यो । यद्यपि, लामो समयसम्म सैनिक कानुन लागु गर्दा राष्ट्रपति डुटेर्टेलाई तानाशाह बनाउन सक्ने खतरा रहेको भनी फिलिपिन्सका बुद्धिजीवी तथा मानव अधिकारबादी चिन्तित रहेका छन् । 

गत वर्ष अबैध लागु औषध ओसार पसारमा रोक र बेच बिखनमा नियन्त्रण गर्ने बहानामा गैह«कानूनी रुपमा हजारौँ ब्यक्ति हत्या भएको आरोप उहाँले खेप्नु परेको थियो । यस पटक पनि सैनिक कानुन लागु गर्ने नाममा राष्ट्रपति डुटेर्टेलाई नै थप शक्तिशाली र निरङ्कुश बनाउन सक्ने आशङ्का छ बुद्धिजिवी तथा मानव अधिकारबादीहरुको । रासस÷एपी 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC