site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतले हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यातको प्रतिबन्ध हटायो 
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतले हाइड्रोक्सिक्लोरोक्‍वाइनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस औषधिलाई कोरोना भाइरसको उपचारका लागि 'गेम चेन्जर' हुने बताएका थिए । यसअघि हाइड्रोक्सिक्लोरोक्‍वाइनलाई मलेरियाविरुद्धको औषधिका रुपमा प्रयोग गरिँदै आएको थियो । यसलाई एन्टिभाइरल औषधिका लागि केही मुलुकमा अहिले पनि प्रयोग गरिँदै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्पले हाइड्रोक्सिक्लोरोक्‍वाइनलाई कोरोनाको औषधिको दाबी गर्दै आए पनि  चिकित्सा विज्ञहरुले भने यसको कुनै प्रमाण नभेटिएको बताएका थिए । भारत हाइड्रोक्सिक्लोरोक्‍वाइनको सबैभन्दा ठूलो उत्पादक मुलुक हो । मार्चमा लकडाउनका कारण औषधि उत्पादनमा कमी आएसँगै भारतले निर्यातमा रोक लगाएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भारतले लकडाउनमा केही खुकुलो बनाएसँगै अप्रिलमा अमेरिकालाई पाँच करोड ट्याबलेट हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यात गरेको थियो । 

Global Ime bank

भारतले विभिन्‍न मुलुकमा माग भएअनुसार सरकारको स्वीकृतिमा हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यात गर्नुपर्ने प्रावधान गरेको थियो । अब यो प्रावधान पनि खुला गरेको हो । नेपालले पनि भारतलबाट मलेरियाका औषधिका लागि हाइड्रोक्सिक्‍लोरोक्‍वाइन आयात गर्छ । -बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC