site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
काठमाडौं महानगरमा हामी अत्यधिक बहुमतले जित्छौँ : विद्यासुन्दर शाक्य
Sarbottam CementSarbottam Cement

स्थानीय तह निर्वाचन अन्र्तगत मंगलबार बिहानसम्म करिब एकलाख दश हजार मतगणना भएको छ । अन्तर्वार्ता तयार गर्दासम्म करिब ६२ हजार मत गन्न बाँकी छ । यति मत गन्दा नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरमा उमेदवारी दिएका विद्या सुन्दर शाक्यले ३६ हजार ३६० मत ल्याएर अग्रता लिइरहेका छन् भने । प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी झन्डै दश हजार मतले पछि परेका छन् । मतगणनास्थल राष्ट्रिय सभागृहमा रहेका शाक्यलाई हिँड्दाहिँड्दै हामीले केही प्रश्न गरेका थियौँ । प्रस्तुत छ, उनीसँग बाह्रखरीका लागि अक्षर काकाले गरेको कुराकानीको सम्पादित अंश :

अन्तिम परिणाम त आइसकेको छैन । तर, अहिलेसम्मको परिणाम हेर्दा काठमाडौं महानगरमा नेकपा एमालेले विजयको झन्डा फहराउने अवस्था देखिन्छ, धेरैको आँकलन पनि यही छ । परिणामलाई कसरी लिनु भएको छ, अपेक्षाकृत नै छ ?
नेकपा एमाले यसपटक ढुक्क थियो– महानगरमा हामी अत्यधिक बहुमतले चुनाव जित्छौँ । हालसम्म जुन मत एमालेलाई प्राप्त भएको छ, त्यो हाम्रो अपेक्षा नै हो । तथापी मत अन्तिम मत परिणाम नआउँदासम्म ढुक्क हुने स्थितिचाहिँ छैन । जित्यौ भनेर भन्न हतारिनु पनि हुँदैन ।

अर्को, तेस्रो नम्बर र चौँथो नम्बरमा आउने विवेकशील र साझा पार्टीले जुन ढंगले मत महानगरमा प्राप्त गरेका छन्, त्यसले हामीलाई घोत्लिन बाध्य बनाएको छ । त्यस्तै महानगरजस्तो ठाउँमा अत्यधिक मत बदर भएका छन् । यसले कमी कमजोरीको उजागर गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

०७० को तुलनामा काठमाडौं महानगरपालिकामा एमालेको मत परिणाम निकै उत्साहजन देखियो, कारण के होला ?
काठमाडौं महानगरपालिकामा मतदाताहरू सधैँ एकैतिर लागेका छैनन्, तलाउको पानीजतो स्थिर छैनन्, यहाँका मतदाता । कुनै सयम यहाँ सबै क्षेत्रमा एमालेले जित्यो । कुनै समय हा¥यो पनि । हार्दा पनि थोरै मत परिणामको मात्रै अन्तर देखियो ।

०६४ सालमा भर्खरै चुनावी मैदानमा ओर्लिएको नेकपा माओवादीले महानगरमा राम्रै भोट पायो । ०७० सालमा नेपाली कांग्रेसले काठमाडौंमा आठ सिट जित्यो । तर, काम जनभावना अनुसार भएन ।

Global Ime bank

महानगरबासीको सपना पूरा हुने त परै जाओस्, दैनन्दिन झेल्नुपर्ने समस्या पनि किनारा लागेनन् । राष्ट्र र राष्ट्रियताको सवालमा उहाँहरूले लिएको अडान अस्पष्ट र कतिपय सन्दर्भमा राष्ट्रको हितमा नदेखिएकाले मतदाता चिढिएका थिए । त्यसको ‘रिफ्लेक्सन’ पनि यो चुनावमा देखियो । त्यस्तै एमालेको आफ्नै संगठनको बल पनि छ । संगठन निर्माण गर्ने क्रममा हामी निरन्तर जनताको बीचमा भएकाले मतदान अगावै हामीले यो परिणामको अपेक्षा गरेका थियौँ ।

तथापि हामीले अपेक्षा गरेका पाँच नम्बर, २५ नम्बरलगायतका केही वडा हामी झिनो मतान्तरले पराजित भएका छौँ । यी हामीले जित्ने सूचीमा राखेको वडा थियो ।

पार्टीले तपाईंलाई अन्तिम समयमा तपाईंलाई महानगर प्रमुखमा योग्य ठान्यो, उमेदवार उठायो । त्यस अगाडि विभन्न नामका सन्दर्भमा चर्चा परिचर्चा भएका थिए, एकलाख मत गन्दाको परिणाम हेर्दा तपाईं लोकप्रिय नै सावित हुनुभयो । पार्टी लोकप्रिय भएको कि विद्यासुन्दर आफैँ ?
यसमा द्विविधा मान्नुपर्ने कुरा छैन । विद्यासुन्दर होइन, नेकपा एमाले नै लोकप्रिय हो । विद्यासुन्दरको ठाउँमा अरुको कोही उठेको भए पनि यसपटक नेकपा एमालेले निर्वाचन जित्नेमा एमाले विश्वस्त थियो । राष्ट्रियता, राष्ट्रिय राजनीतिमा नेकपा एमालेले लिएको अडान, समृद्ध महानगरको सपनाका आदिका कारणले जनताको बीचमा पार्टी लोकप्रिय बनाएको थियो ।

उमेदवार टुंग्याउने सन्दर्भमा एमाले मात्रै पछि परेको होइन, अरूले पनि अन्तिम समयमा नै उमेदवारी टुंग्याएका हुन् । अर्को म दुई पटक वडाध्यक्ष भएर जनताको काम गरिसकेको मान्छे, काठमाडौं जिल्लाको पार्टी कमिटीको सचिव, पार्टीका कार्यकर्तासँग प्रत्यक्ष सरोकार राखेर काम गरिरहेको मानिस, यसलाई टिकट दिँदा महानगरको विकासको अगुवाइ गर्न सक्छ र महानगरको समृद्धिको लागि भूमिका खेल्न सक्छ भनेर पार्टीले विश्वास गरेकोचाहिँ पक्कै हो । र, त्यहिअनुसार परिणाम पनि देखिएको छ ।

यसपटकको निर्वाचनमा विवेकशील र साझा पार्टीले महानगरमा उल्लेख्य मत प्राप्त गरे, रञ्जु दर्शना र किशोर थापाहरूको उपस्थिति ठूला पार्टीहरूलाई चुनौती हो ?
यसबारे हामीले विश्लेषण गर्नै बाँकी छ । यी दुई पार्टीले महानगरमा यसरी मत ल्याउँछन् भन्ने व्यक्तिगत हिसाबले मैलेचाहिँ सोचेको थिइनँ । मैले अवमूल्यन गर्न खोजेको होइन । चुनावम होमिँदा प्रतिस्पर्धी पार्टीको आँकलन गर्नै पर्छ ।

मैले विवेकशील र साझा पार्टीलाई प्रतिस्पर्धी नै ठानेको थिइनँ । महानगरमा एमालेको प्रतिष्पर्धी कांग्रेस नै हो भन्नेमा हामी विस्वस्त थियौँ । तेस्रो नम्बरमा नेकपा माओवादी केन्द्र नै आउला भन्ने थियो । तर, अहिले पाँचौँमा खुम्चिन पुग्यो । र, विवेकशील र साझा क्रमशः तेस्रो र चौँथो शक्तिका रूपमा देखा परेका छन् ।
उनीहरूले मत प्राप्त गर्नु, जनताको विश्वास जित्नु महत्त्वपूर्ण कुरा होइन । मुख्य कुरा त उनीहरूको स्थिरता हुन्छ कि हुँदैन । जनताको बीचमा रहन्छन् कि रहँदैनन् भन्ने हो । उनीहरूको संगठन छैन । वडामा उमेदवारी दिनसमेत सक्नु भएको छैन ।

त्यसकारण छालजस्तो आउने, पछि सामसुम हुने पनि हुन सक्छ । अतः हतारिएर प्रतिक्रिया दिइहाल्ने बेला भएको छैन । कांग्रेस र एमालेले प्राप्त गरेको मत फगत लहडमा प्राप्त गरेको अभिमत होइन । यो त निरन्तर जनताको बीचमा काम गरेको परिणाम नै हो । जनताको बीचमा रहेका निरन्तर काम गर्न निकै गाह्रो छ । 

हामी उनीहरूले प्राप्त गरेको मतको सम्मान गर्छौं । उनीहरूले बोकेको उद्देश्य र हाम्रो घोषणापत्रबीच तात्विक अन्तर छैन । भाषा फरक होला । भोलिका दिनमा समृद्ध महानगर बनाउन उनीहरूसँग हामीले होतमालो गर्नेछौँ ।

उनीहरूलाई जनताले दिएको मतको सम्मान गर्दै उनीहरूसँग सहकार्य गरेर हिँड्न एमालेले कुनै कुञ्जुस्याइँ गर्दैन । समृद्ध महानगर कुनै एक पार्टीको मात्रै सपना किमार्थ हुनसक्दैन ।

जित्नेको मात्रै उत्तरदायित्व भन्ने कुरा हुँदैन, उमेदवारी दिनेको पनि आफ्नो जिम्मेवारी हुन्छन् । सबैको सहकार्य र साँझेदारीबाट नै महानगर समुन्नत बन्नेमा एमाले विश्वस्त छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०७४  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC