site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुर महानगरको मतगणना स्थगित, कांग्रेस–माओवादी केन्द्रद्वारा निर्वाचन अधिकृतको राजीनामा माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । कांग्रेस र माओवादीका प्रतिनिधिले निर्वाचन समितिले पटक पटक प्राविधिक त्रुटी गरेको भन्दै असन्तुष्टि जनाएपछि मतगणना स्थगित भएको हो । 

पटक पटक प्राविधिक त्रुटी दोहोरिँदा पनि निर्वाचन आयोगले उचित ब्यबस्थापन गर्न नसकेको भन्दै कांग्रेस र माओवादीले चितवन जिल्लाका प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मतगणना गरिरहेका कांग्रेस माओवादीका प्रतिनिधि नै बाहिर निष्किएर नाराबाजी गरेपछि स्थगित गरिएकाे थियो । विवाद मिलाउने प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

एमाले उमेदवार देवी ज्ञवालीको पक्षमा १५ हजार १५५ मत खसेको छ । मओवादी केन्द्रका तर्फबाट मेयरकी उमेदवार रेणु दाहालले १४ हजार ८०९ मत प्राप्त गरेकी छन् । रेणु माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी उमेदवार हुन् । 
कांग्रेस र माओवादी केन्द्रका नेताहरुले मतगणनाका क्रममा पारदर्शीता नअपनाइएको भन्दै तीव्र विरोध गरेका हुन् ।
उनीहरु मतगणनास्थलबाटै नाराबाजी गर्दै बाहिरिएका थिए । कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र र आफूहरु मतगणना स्थगितको माग गर्दै बाहिरिएको जानकारी दिए ।
उनीहरुले निर्वाचन समितिलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि पटक पटक नियोजित रुपमा गल्ती गरिरहेको आरोप लगाएका छन् । उनीहरुले नेकपा एमालेको डिजाइनमा केही कर्मचारीले काम गरेको आरोप पनि लगाएका छन् ।  निर्वाचन समितिले पारदर्शीताको प्रतिवद्धता नजनाएसम्म कुनै पनि हालतमा गणना हुन नदिने निष्कर्षमा उनीहरु पुगेका छन् ।
उनीहरुले वडा नम्बर ९ को करिब २ सय मत कर्मचारी र नेकपा एमालेका कार्यकर्ता मिलेर गायब गराएको आरोप लगाएका छन् । मुचुल्कामा भन्दा २ सय मत कम भएको र एमालेका उमेदवारलाई वडाध्यक्षमा विजयी घोषणा निर्वाचन समितिले हतार हतारमा गरेको आरोप कांग्रेस–माओवादीको छ ।
९ नम्बर वडाका गायव गरिएका मत राखेर पुन मतगणना हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले निर्वाचन समितिले यसअघि पनि वडा नम्बर चारमा पनि त्यस्तै गराएको आरोप लगाएका छन् ।
जुलुस निकाल्न तयार रहेका कांग्रेस उमेदवारलाई पराजित घोषणा गरिएको आरोप कांग्रेस–माओवादीको छ । त्यसैगरी ७ नम्बर वडाको पनि परिणाम सार्वजनिक गर्ने क्रममा गम्भीर गल्ती भेटिएको उनीहरुको दाबी छ ।
मेयर उमेदवार रेणु दाहाललाई पछि पार्न यस्तो षडयन्त्र गरिएको उनीहरुको निष्कर्ष छ । पटक पटक ध्यानाकर्षण गराउँदा पनि कर्मचारीले एमालेको पक्षमा काम गरेको उनीहरुको आरोप छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०७४  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC