site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनसँगको सम्बन्ध तोड्ने ट्रम्पको धम्की 
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सम्बन्ध बिच्छेद गर्ने धम्की दिएका छन् । कोरोना भाइरसको उत्पतिलाई लिएर छानबिन गर्न माग गर्दै आएको अमेरिकाले चीन कोरोना महामारीमा पारदर्शी नरहेको आरोप लगाउँदै आएको छ । 

राष्ट्रपति ट्रम्पले फक्स बिजनेससँगको एक अन्तर्वार्तामा भने, “हामी धेरै गर्न सक्छौं । हामी सबै सम्बन्धहरु अन्त्य गर्न सक्छौं ।” 

Agni Group

ट्रम्पले यदि चीनसँगका सबै सम्बन्धहरू तोड्ने हो भने अमेरिकालाई ४०० अर्ब डलर बच्ने बताए । उनले चीनसँगको द्विपक्षीय व्यापारमा अमेरिकाले ठूलो घाटा बेहोरिरहेको बताए । 

अमेरिका कोरोना भाइरसको संक्रमणको जिम्मेवार चीन रहको दाबी गर्दै यसको जिम्मेवारी लिनु पर्ने बताउँदै आएको छ । यद्यपि चीनले यसलाई अस्विकार गर्दै आएको बीबीसीले जनाएको छ ।  चीन विरोधी ट्रम्पको अभिव्यक्तिलाई धेरैले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको रणनीतिका रूपमा पनि हेरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC