site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इबोलाको औषधि कोरोनाका बिरामीमा परीक्षण गर्न अमेरिकाको अनुमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाले कोरोना भाइरसको संक्रमण भएका बिरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको छ । 

रेमडेसिविर इबोलाका रोगीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधि भएको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि विज्ञहरूले कोरोना बिरामीहरू यो औषधिले पूर्ण रूपमा  निको हुनेछन् भनेर अहिले नै दाबी गर्ने अवस्था नरहेको बताएका छन् । 

तर अझै यो औषधिले कति फाइदा दिन्छ यकिन नभएको र निको भए अन्य देशहरूले पनि यसको फाइदा लिन सक्ने बताइएको छ । यस विषयमा भारतको धारणा पनि अमेरिकाले मागेको छ । 

Global Ime bank

अहिलेसम्म कोरोनाको संक्रमण बिरुद्धको खोप पत्ता लाग्न सकेको छैन । यसअघि मलेरियाको औषधिले निको हुन्छ भनेर परीक्षण गरिए पनि असफल भएको थियो । 

अमेरिकाको एक मेडिकल सेन्टरमा भएको परीक्षाणले मलेरियाको औषधि हाइड्रोक्लोरोक्विनले कोरोना भाइरसको संक्रमण निको नपार्ने प्रमाणित भएको थियो । 

३६८ कोरोना संक्रमितमा गरिएको परीक्षणमा ९७ कोरोना संक्रमितले हाइड्रोक्लोरोक्विनको प्रयोग गरेका थिए । जसमा मृत्यु दर २७.८ प्रतिशत थियो । जबकी १५८ कोरोनाका बिरामी जसमा हाइड्रोक्लोरोक्विनको प्रयोग गरिएको थिएन । जसमा मृत्यु दर ११.४ प्रतिशत थियो । यो परीक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विन कोरोनाका बिरामीमा परीक्षण बन्द गरिएको बताएका थिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC