site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
'चीनले चाहेको भए हामीलाई मात्रै होइन संसार बचाउन सक्थ्यो'
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका चीनसँग खुसी नरहेको बताएका छन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले अमेरिकी प्रशासनले कोरोना भाइसका बारेमा दिएको प्रतिक्रियालाई लिएर चीनले जनाएको आपत्तिलाई लिएर आफूहरु चीनसँग खुसी नरहेका बताएका हुन् । ट्रम्पले चीनको प्रतिक्रियाको गम्भीर जाँच सुरु गरेको जनाएका छन् ।

अमेरिकाले कोरोना भाइरसको उत्पतीलाई लिएर अमेरिकाले स्वतन्त्र छानविन गर्न पाउनु पर्ने बताएको थियो । तर अमेरिकाको उक्त प्रस्तावलाई चीनले खारेज गरिदिएको थियो ।

Agni Group

ट्रम्पले भनेका छन्, “हामी चीनसँग खुसी छैनौं किन भने कोरोना भाइरस जहाँबाट सुरु भयो त्यहीँ रोक्न सकिन्थ्यो । कोरोना भाइरस उत्पतीको सुरुमै रोक्न सकिन्थ्यो र जसका कारण विश्वभर फैलिँदैन थियो ।”

राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको सीमा अमेरिकाका लागि बन्द नभएको भए चीनमै सिमित रहेका बेला कोरोना भाइरसको संक्रमण बन्द गर्न सकिने बताउँदै आएका छन् । सीमा बन्द भएकै कारण कोरोना चीनबाहिर फैलिन नदिने अमेरिकाको तयारी चीनका कारण सम्भव नभएको स्वास्थ्य विशेषज्ञहरुले बताउँदै आएका छन् ।

Global Ime bank

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको उत्पतीको जिम्मा चीनले नै लिनुपर्ने बताएका बीबीसीले जनाएको छ । चीनलाई औंल्याउँदै ट्रम्पले भने, “उनीहरूले हामीलाई मात्र होइन सम्पूर्ण संसार बचाउन सक्थे ।”

विश्वका २१३ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार नाघेको छ । सबैभन्दा धेरै अमेरिकामा ५६ हजार ६६६ ले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २६ हजार ९७७, स्पेनमा २३ हजार ५२१, फ्रान्समा २३ हजार २९३ तथा बेलायतमा २१ हजार ९२ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । चीनमा भने याे  नियन्त्रणमा आइसकेकाे छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC