site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
क्‍वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भक्तपुर । भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित विभिन्‍न देशबाट आएका उनीहरुलाई १४ दिनअघि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा रहेको क्‍वारेन्टाइनमा राखिएको थियो । 
    
यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्‍याउने गरी आज पठाइएको वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए । उनले खरिपाटीको क्‍वारेन्टाइनमा रहेका उपत्यकाभित्रका २६ सहित ७३ जनालाई आज घर फर्काइएको जानकारी दिए ।

घर फर्काउन सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चार बसमा हालेर काठमाडौं, चितवन, झापा, बुटवल, नेपालगन्‍ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको पौडेलले जानकारी दिए । उनीहरुलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको उनले जानकारी दिए । -रासस

तस्बिर : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC