site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सरकार संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित छ’
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित भएर काम गरिरहेको स्पष्ट पारेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको स्पष्ट पारे । 
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोख्रेलले आपूर्ति व्यवस्थापन सहज बनाउनुको साथै शान्ति सुरक्षा प्रदान गर्ने विषयमा सरकार गम्भीररुपमा लागेको बताए । 

Agni Group

संक्रमितको उपचार, बिरामीलाई राख्ने आइसोलेसनलगायत कामका लागि आवश्यक मेडिकल सामाग्री अभाव भएकाले तत्काल उपचार प्रभावकारी ढंगल गर्न नसकिए पनि सरकारले छिट्टै सामान आपूर्ति गर्ने विश्वास दिलाए । उनले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई, परीक्षण किटलगायत स्वास्थ्य आयातमा देखिएका प्रक्रियागत जटिलताको अन्त्य गर्दै सरकारले छिटै सामान ल्याउने बताए ।

“उपयुक्त साधनहरू थिएनन् । ल्याउनुपर्ने थियो । हाम्रो देशमा मात्रै अभाव होइन । दुनियाँभर अभाव भएको बेलामा उपचारमा देखा परेका समस्या समाधान गर्न तर्फ सरकार लागेको छ,” उनले भने, “प्रक्रियागत जटिलता छन् । ती प्रक्रियागत जटिलतालाई तोडेर हामी चाडैनै सामान ल्याउँछौं । त्यसपछि ती सामानहरूलाई प्रदेशतहका हस्पिटलहरूमा पनि पुर्याउछौ ।”

Global Ime bank

उहाँले बन्दाबन्दीको अवस्थामा दैनिक उपभोग्य सामान , औषधी, खाद्यान्न, तरकारी, दुध लगायत अत्यावश्यक सामाग्रीका पसलहरू खुल्ला हुने स्पष्ट पार्नुभयो । उहाँले विभिन्न पेशा संग सम्बन्धीत दैनिक ज्यालादारी कर्मचारीलाई विदा मिलाई काम नगुम्ने अवस्थाको प्रत्याभुति गर्न ती संस्था, व्यक्ति र फर्महरूसंग सरकारले समन्वय गरिहेकाले कसैले पनि काम गुमाउने अवस्था नरहने दाबी गर्नुभयो ।

उनले मुलुककै राष्ट्रिय संकट भएको र सरकार वा पार्टीका लागि मात्रै नभएर आमनागरिककै संकट भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे  । उनले नेपालमा बस्ने विदेशीको रक्षा नेपाल सरकारले गर्ने भएकाले विदेशमा बसेका नेपालीको पनि सम्बन्धित देशका सरकारले रक्षा गर्ने भएकाले मुलुकबाहिर बसेका नेपालीहरूबारे थप गम्भीर बन्नुपर्ने अवस्था नभएको स्पष्ट पारे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC