site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनको उल्लंघन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार, पर्साबाट तीन, सिरहाबाट दुई, कञ्चनपुर दुई र धनुषाबाट एक गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आदेश विपरीत सञ्चालन गरेका एक हजार ५७१ सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइबुझाइ गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC