site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड—१९) को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेका बेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भएको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको बताए ।

Agni Group

मन्त्री भट्टले चाँडै सुपथ मूल्य पसल र घुम्ती पसल सञ्चालन गर्ने विषयमा मन्त्रालय र कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पनि छलफल भएको बताए । उनले भने, “चाडपर्वमा सञ्चालन गरेजस्तो सुलभ, सस्तो पसल भनेर सञ्चालन गर्ने तयारीमा छौं । खाद्य व्यवस्था विभाग र साल्ट ट्रेडिङले तत्काल ती ठाउँहरुमा अलिअलि सहज हुनेगरी आवश्यक कोटा निर्धारण गरेर वितरण गर्ने व्यवस्था गर्ने तयारी छ ।”

मन्त्री भट्टले बजार अनुगमनका लागि गृहमन्त्रालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लामा अनुगमन गरी कारबाही गर्ने र अभाव हुने अवस्था सिर्जना हुन नदिने बताए । ‘संकट आउँछ, थुपारौं’ भन्ने मनोवृतिका कारण केही समस्या देखिएको उनको भनाइ छ ।

Global Ime bank

उनले आवश्यकताभन्दा बढी सिलिन्डर भरेर नराख्न पनि आग्रह गरे । असुरक्षित हुने भएकाले भरेका सिलिन्डर घरमा भण्डारण नगर्न नेपाल आयल निगमले पनि चाँडै सूचना प्रकाशन गरी आग्रह गर्ने मन्त्री भट्टको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC