site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
दक्षिण एसियाली उपग्रह प्रक्षेपण
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले शुक्रबार आन्ध्रप्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रको द्वितीय प्रक्षेपण प्याडबाट दक्षिण एसियाली सञ्चार उपग्रह न्क्ब्त्(ढ प्रक्षेपण गरेको छ ।

भारतीय सञ्चार माध्यमले यसबाट दक्षिण एसियामा अन्तरिक्ष कूटनीति बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको सपना साकार भएको विश्लेषण गरेका छन् । मई, २०१४ मा सत्तामा आएपछि मोदीले इसरोका वैज्ञानिकहरूलाई यस्तो उपग्रह बनाउन आग्रह गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त उपग्रह भारतले आफ्ना छिमेकी देशहरूलाई ‘उपहार’ का उपलब्ध गराएको भारतीय सञ्चार माध्यमको दाबी छ । उक्त उपग्रहलाई इसरोको जीएसएलवी– एफ ०९ रकेटद्वारा प्रक्षेपण गरिएको थियो । 

उपग्रह प्रक्षेपणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले एक सन्देशसमेत दिएका छन् । प्रधानमन्त्री मोदीले उपग्रह प्रक्षेपणसँगै दक्षिण एसियाका उक्त अभियानका साझेदार राष्ट्रप्रमुखहरूसँग भिडियो कन्फ्रेन्स गरेर खुसी साटासाट गरेको नवभारतको समाचारमा उल्लेख छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०७४  ०५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC