site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जहाँ कुलमान घिसिङलाई गाली गरिन्छ...
Sarbottam CementSarbottam Cement

विराटनगर । देशबाट लोडसेडिङ हटाएकोमा कुलमान घिसिङको जताततै वाहवाही छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई मन नपराउने सायदै कोही मानिस होलान् ।

उनले गरेको कामको मूल्यांकन गर्दै सरकारका मन्त्रीहरुले पनि प्रसंशा गर्ने गरेका छन् ।

तर, मोरङको एउटा यस्तो गाउँ, जहाँ तिनै लोकप्रिय कुलमानको ‘सत्तोसराप’ हुन्छ । मानिसहरु कुलमानको नाम सुन्नै चाहँदैनन् । घिसिङले अन्यत्र राम्रो काम गरे पनि ‘‘हामीहरुलाई भने धोका दिएर झुक्याए’’ यस्तै गुनासो छ गाउँलेको । 

Prabhu Bank
Agni Group
NIC Asia

मोरङको ग्रामथान गाउँपालिकामा अवस्थित गिधनिया वस्तीका गाउँले कुलमानसँग रिसाएका हुन् । कुलमानलाई सक्दो गाली गर्न पछि पर्दैनन् । टोलका अगुवा नै सरकार र कुलमानको काम गराइबाट आक्रोशित छन् ।

तिनैमध्येका एक हुन् भक्कुलाल विश्वास । ‘‘हामीलाई झुक्याउने अभियानमा कुलमान घिसिङ पनि लाग्नु भएको देखियो,’’ विश्वासले भने,‘‘उहाँमाथि त ठूलो विश्वास थियो तर धोका भयो ।’’

Global Ime bank

सुनसरीको दुहबीदेखि कटहरीसम्म ३३ केभिए विद्युत प्रसारण लाइनको पोल गाड्ने र तार टाँग्ने विषयमा गाउँलेहरु कुलमानसँग रिसाएका हुन् । प्रसारण लाइन विस्तार गर्ने विषयमा सरकारको हेपाहा प्रवृत्तिलाई कुलमानले पनि साथ दिएको गाउँलेको आरोप छ । 

ग्रामथान ५ को गिधनिया वस्तीको साढे २ किलोमिटर क्षेत्रमा पोलबाट तार टांगेको गाउँलेलाई मन परेन । विरोध गरे । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा बारम्बार वार्ता भयो ।

प्रसारण लाइन अन्डरग्राउन्ड गर्ने सहमति पनि भयो । तर, यसमा पनि गाउँले रिसाएकै थिए । स्थानीयले काममा अवरोध गरे । तार अन्डरग्राउन्ड गरेर लैजाँदा समेत गाउँलेलाई गुमराहमा राखिएको उनीहरुको आरोप छ । 

बस्तीको बीचबाट ३३ केभिएको तार लैजाँदा त्यसबाट सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने दाबी गर्दै स्थानीयले विरोध गरेका हुन् । अवरोध गर्नेहरूले स्थानीयसँग कुनै पनि छलफल नगरी एकतर्फी रुपमा हाइटेन्सनको तार लैजान खोजिएको बताएका छन् । 

डोजर फर्काएर ग्रामथान ५ को वडा कार्यालय पुगेका स्थानीयले बस्तीका बीचबाट टाँगेर वा भूमिगत कुनै पनि बाटोबाट प्रशारण लाइन लैजान नदिने भन्दै दोस्रोपटक पनि अवरोध गरे । 

केहीअघि विद्युत् प्राधिकरणले सडकको डिल हुँदै १८ किलोमिटर लामो ३३ केभिए दुहबी–कटहरी प्रसारण लाइन ल्याउन पोल गाड्न थालेपछि विवाद शुरु भएको थियो । 

बस्ती बाहिरको अन्य ठाँउबाट तार तान्नुपर्ने अडान लिए । संघर्ष समितिका संयोजक भक्कुलाल विश्वास थारुले आफूहरू विकास विरोधी नरहेको बताउँदै विकासको नाममा सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्न नहुने मात्र आफूहरुले सुझाव दिएको बताए । 

तार तान्न उपयुक्त हुने वैकल्पिक बाटोबारे आफूहरूले प्राधिकरणलाई बताइसकेको विश्वासले दाबी गरेका छन् । 

त्यही क्षेत्रका प्रतिनिधिसभाका सांसद अमनलाल मोदीले पहिले गाउँलेलाई साथ दिए जस्तो गरेको तर पछि सरकारकै पिछलग्गु भएको गाउँलेको अर्को आरोप छ । 

तर, मोदीले ग्रामथानकै झोराहाटमा आयोजित एक कार्यक्रममा ‘‘आफूले जनताको अहित हुने गरी कुनै काम नगरेको’’ दाबी गरेका छन् । 

समस्या हुन नदिने बरु तारको रुट बदल्न सहयोग गर्ने भन्दै मोदीले आफूहरुलाई आश्वासन दिएको गाउँलेको भनाइ छ । 

तार अहिले अन्डर ग्राउन्डबाट लगिएको छ । तर, त्यो पनि मापदण्डअनुसार नभएको गाउँलेको दाबी छ । जति खन्नु पर्ने थियो त्यति नखनेको स्थानीयको भनाइ छ । तार टाँग्ने विषयमा सरकारले बल प्रयोग गर्न ठूलो संख्यामा सुरक्षाकर्मी नै परिचालन गरेको थियो । झडप र धरपकडसमेत भएको थियो ।

विराटनगरसहितका क्षेत्रमा विद्युत भोल्टेजको समस्या समाधान गर्न भन्दै विद्युत् प्राधिकरणले कटहरीमा ३३ केभिए सवस्टेसन निर्माण गरेको छ । यसको परीक्षणसमेत भइसकेको छ । 

विराटनगरमा रानी सबस्टेसनबाटै कटहरी र विराटनगरमा विद्युत् आपूर्ति हुन्छ । रानी सबस्टेसनले लोड धान्न नसक्ने भएको भन्दै प्राधिकरणले कटहरीमा सवस्टेसन निर्माण गरेको हो । 

विवाद उठेको ४५ दिनभित्र कटहरी सबस्टेसन संचालन गर्ने गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सांसद अमनलाल मोदी र कुलमान घिसिङलाई राखेर सहमति गराएका थिए । 

घिसिङ र सांसद मोदीबीच पनि यही विषयमा विवाद चर्किएको थियो । 

गाउँलेले भने कुलमानले चाहेको भए विद्युतको तार बस्तीबाट नभएर खाली ठाउँबाट लैजान सकिने भन्दै उनको आलोचना गर्दै आएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC