site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘जनताको जीवनमा सकारात्मक प्रभाव नपारे लुम्बिनीको अर्थ रहँदैन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताएका छन् ।

लुम्बिनी विकास कोष परिषदको बैठकमा उनले लुम्बिनी क्षेत्रका स्थानीयको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सकिएमात्रै लुम्बिनी हुनुको अर्थ हुने बताए । अब लुम्बिनी भनेर मात्रै नपुग्ने भएकाले बृहत्तर लुम्बिनीको अवधारणाका साथअघि बढेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

लुम्बिनी घुम्न आउने पर्यटक र अध्ययन गर्न आउनेले कम्तिमा पनि ३ दिनदेखि सातादिनसम्म बस्ने वातावरण भए स्थानीयको आय बढ्ने र रोजगारीको सिर्जना हुने उनले बताए । “बृहत्तर लुम्बिनी भयो भने मात्रै त्यहाँको आर्थिक, सामाजिक जीवनलाई लुम्बिनीले प्रभाव पार्छ । त्यहाँका स्थानीयको आय, क्रयशक्ति बढ्दैन, उनीहरूको उत्पादन बढ्दैन, उनीहरूले रोजगारी पाउँदैनन् र कुनै पनि आर्थिक क्रियाकलाप उहाँहरूसँग सम्बन्धित हुँदैन भने लुम्बिनी हुनुको मतलब हुँदैन । स्थानीयले अपनत्व गर्न सक्दैनन्,” भट्टराईले भने ।

मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीले त्यस क्षेत्रको पर्यटन व्यवसाय र कृषि उत्पादनमा वृद्धि गर्नुका साथै अन्य कुरामा पनि सहयोग पुग्ने बताए । लुम्बिनी क्षेत्रको भ्रमण र अध्ययन गर्न आउनेहरू आफूले चाहेजति समय त्यहाँ बस्न सक्ने र अध्ययन गर्न सक्ने वातावारण निर्माण गर्नुपर्ने उनले बताए । लुम्बिनी क्षेत्रको विकास निर्माण, उत्खनन र त्यसलाई एक अर्कासँग जोड्ने काम द्रुत गतिमा अगाडि बढ्ने उनले बताए ।
फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC