site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुरमा देउवाको पत्रले जबर्जस्ती कांग्रेस उमेदवारी फिर्ता, पोखरामा लामिछानेले लिए उमेदवारी फिर्ता
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचनमा भरतपुर र पोखरा महानगरपालिकामा तालमेल हुने निश्चित भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ठाडो प्रस्तावमा भरतपुर महानगरपालिकाका मेयरका उमेदवार दिनेश कोइरालाको नाम फिर्ता लिइएको निर्वाचन कार्यालय चितवन स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार देउवाले विहानै कोइरालालाई टेलिफोन गरेर उमेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
तर उनले कुनै पनि हालतमा नलिने बताएपछि सभापति देउवाले निर्वाचन कार्यालयमा पार्टीका तर्फबाट पत्र पठाएर उमेदवारी फिर्ता लिएका हुन् ।
चितवन पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताले दिनभर घेराउ गरेका छन् भने सभापति शेरबहादुर देउवाविरुद्ध नारावाजी  गरेका छन् ।
उता पोखरामा भने माओवादी उमेदवारले भने आफैं निर्वाचन कार्यालय पुगेर उमेदवारी फिर्ता लिएका थिए । पोखरा महानगरपालिकामा विश्व प्रकाश लामिछाने आफैंले पार्टीको निर्देशनअनुसार भन्दै उमेदवारी फिर्ता लिएका थिए ।
ललितपुरमा भने कांग्रेस र माओवादीका कुनै पनि उमेदवारले उमेदवारी फिर्ता लिएका छैनन् । यसअघि सत्तारुढ दुई ठूला दल कांग्रेस र माओवादी केन्द्रले काठमाडाैंसहित ४ वटै महानगरपालिकामा चुनावी तालमेल गर्ने निर्णय गरे पनि काठमाडौं र ललितपुरमा भने तालमेल नहुने निश्चित भएको छ ।
काठमाडौं र ललितपुरमा कांग्रेस र माअाेवादी केन्द्रका मेयरका उमेदवारले उमेदवारी फिर्ता लिएका छैनन् । तर त्यसको नेपाली कांग्रेसभित्रै तीव्र विरोध भएको छ । 

ललितपुर निर्वाचन कार्यालयका अनुसार राप्रपाका तर्फबाट मेयरमा उमेदवारी दिएका अष्टबहादुर महर्जनले उमेदवारी फिर्ता लिएका छन् ।
तर काठमाडौंमा भने माओवादी केन्द्रका उमेदवार सर्वोत्तम डंगोलले उमेदवारी फिर्ता लिएनन् ।
“मेरो उमेदवारी फिर्ताका बारेमा कुनै छलफल नै भएको छैन,” डंगोलले भने,“मैले उमेदवारी फिर्ता लिएको छैन ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यस्तो सहमति भएको थियो । सहमतिअनुसार नेपाली कांग्रेसका शीर्ष नेताको बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारवटा महानगरपालिकामध्ये २–२ वटामा तालमेल गरेर जाने विषयमा छलफल भएको थियो ।
तर सभापति देउवाको यो प्रस्तावमा कांग्रेसकै अन्य नेताहरुले असहमति जनाएका थिए । महामन्त्री शशांक कोइरालले भने यस प्रस्तावमा सहमति जनाएको स्रोतले जानकारी दियो ।
तर कृष्ण सिटौलाले कुनै पनि हालतमा तालमेल गर्न नहुने अडान राखेको स्रोतले जानकारी दियो । कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेस तथा ललितपुर र भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई दिने सहमति भएको हो । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र माओवादी केन्द्रबीच चारवटै महानगरपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको जानकारी गराएका थिए ।
बिहीबार पार्टी कार्यालय सानेपामा संचारकर्मीसँग कुरा गर्दै उनले काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेस तथा ललितपुर र भरतपुरको मेयरमा माओवादी केन्द्रलाई छोडने सहमति भएको स्पष्ट पारे ।
भरतपुर महानगरपालिकामा कांग्रेसले दिनेश कोइरालालाई मेयरको उम्मेदवारी दिएको थियो भने नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरको उम्मेदवारी बनाएको थियो । 
यसैबीच  भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा उमेदवारी दिएका दिनेश कोइरालाले कुनै पनि हालतमा आफ्नो उमेदवारी फिर्ता नहुने बताएका थिए ।
उनले आफू तीव्र निर्वाचन प्रचार प्रसारमा रहेको बताउँदै कुुनै पनि हालतमा आफ्नो उमेदवारी फिर्ता नहुने धारणा राखेका थिए तर पार्टीको निर्देशनअनुसार फिर्ता गराइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०७४  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC