site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाको सामना गर्न सबै एक होऔं : प्रवक्ता खतिवडा
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना भाइरसको सम्भावित चुनौतीको सबैले मिलेर सामना गर्नुपर्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले सम्भावित चुनौतीको सामनाका लागि सबैको भूमिका आवश्यक रहेको बताए । 

“कोरोना भाइरसको सम्भावित जोखिम रोकथामका लागि पूर्वतयारी अवस्थामा रहने । यसैबाट हामीले सम्भावित जोखिमलाई रोक्न सक्छौं । शून्यमा झार्न सक्छौं,” उनले भने, “यो काममा सरकारसँगै नागरिक समाज, सबै राजनीतिक पार्टी र प्रेसका साथीहरूको भूमिका हुन्छ ।”

Agni Group

सरकारका प्रवक्ता समेत रहेका खतिवडाले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीबारे जनतालाई सुसूचित गर्ने र त्रासको वातावरणमा नलैजान सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका हुने बताए । 

“हामीले संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीबारे जनतालाई सुसूचित गर्ने, भय र त्रासको वातावरणमा नलैजाने उहाँहरूले पनि जिम्मेवारी निर्वाह गर्नुहुनेछ,” उनले सञ्चारकर्मीलाई भने, “यो साझा आइपर्न सक्ने सम्भाव्य चुनौती हो । साझा चुनौती भएकाले मिलेर यसलाई समाधान गर्नुपर्छ ।”

Global Ime bank

मन्त्री खतिवडाले कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे स्वास्थ्य मन्त्रालयले सूचनाहरू तयार गर्ने र ती सूचना सम्प्रेषणका लागि सञ्चार मन्त्रालयले सञ्चार माध्यमहरूसँग सहकार्य गर्ने पनि बताए । 

उनले कोरोनाको बारेमा स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा बेलेटिन जारी गर्ने पनि जानकारी दिए । बुलेटिनमा सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन गरेको तयारी र भाइरसले विश्वभर पारेको असरलगायत विषय समेटिने मन्त्री खतिवडाको भनाइ थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC