site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘लाइसेन्स लिएर सेवा नदिनेहरू त दूरसञ्चार क्षेत्रमा पनि रहेछन्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सञ्चार क्षेत्रमा पनि सेवा दिन्छु भनेर अनुमति लिएर सेवा नदिनेहरू रहेको आफूले पाएको दाबी गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेपछि आफूले यस क्षेत्रमा पनि लाइसेन्स होल्ड गरेर बस्ने कम्पनीहरू रहेको भेटेको उनले बताएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवको अवसरमा मंगलबार उनले लाइसेन्स होल्ड गरी सेवा नदिने कार्य राष्ट्रिय रोग भएको आफूले महसुस गरेको दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “यता पनि लाइसेन्स लिने, सेवा नदिनेहरू हुँदा रहेछन् । र, किन दिएनौ भनेर कारवाही गर्दा अदालत धाउँदा रहेछन् । यो कुरा मन्त्री बनेपछि मात्र थाहा पाउँदै छु ।”

‘तिमीले गर्छु भनेका काम राम्रोसँग छिटो छरितो रुपमा सम्पन्न गर’ भन्दा अदालत गुहार्न जानेको अन्त्य हुनुपर्ने जोड उनले दिए । उनले भने, “लाइसेन्स होल्ड गर्नेहरू अन्यत्र छन् भन्ने सुनेको थिएँ, केही दिनदेखि यहाँ पनि त्यो रहेछ भन्ने बुझ्दै छु । यो त राष्ट्रिय रोग पो रहेछ ।”

Global Ime bank

सबैभन्दा छिटो काम गर्छु भनेर दुरसञ्चार सेवाको लाइसेन्स लिने, होल्ड गर्ने र काम नगर्ने सोचले मुलुको विकास र रुपान्तरण नहुने दाबी उनको छ । उनले भने, “यसरी डिजिटल नेपाल कहिले हुन्छौं । अर्थतन्त्र डिजिटल कसरी हुन्छ ?”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC