site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महाभियोग प्रस्ताव चुनाव बिथोल्ने षड्यन्त्र भन्दै विवेकशील नेपाली सडकमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानन्यायाधीशविरूद्व दर्ता भएको महाभियोग प्रस्तावको विरोधमा विवेकशील नेपाली सडकमा उत्रिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्ताधारी माओवादी केन्द्र तथा नेपाली काँग्रेसका अधिकांश साँसदहरुद्वारा संसदमा दायर गरिएको महाभियोग प्रस्तावले अाफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–  यसले विधि तथा प्रक्रियामा आधारित राज्य सञ्चालनमा धावा बोलेको छ भन्ने हाम्रो ठम्याइ रहेको छ । साथै यस कदमले आसन्न स्थानीय तहको निर्वाचनलाई  बिथोल्ने बहाना बनाएको भन्ने हाम्रो बुझाइ छ । त्यति मात्रै नभएर संविधानलाई लिकभन्दा बाहिर लैजाने दिशामा काम सुरु भएको हाम्रो ठम्याइ छ । जेठ २४ अघि नै सेवा निवृत्त हुन लाग्नु भएकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई अहिले नै महाभियोग प्रस्ताव  लगाउनु पर्ने कार्यक्रम किन दर्ता भयो ? यसमा हस्ताक्षरकर्ताहरुको नियतमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।

Agni Group

 

“यो निर्वाचन हुन नदिने षड्यन्त्रलाई निस्तेज पार्न सम्पूर्ण देशभक्त नागरिकलाई म आह्वान गर्दछु”, विवेकशील नेपाली दलको काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार रन्जु दर्शनाले भनिन् ।

Global Ime bank

महाभियोग प्रस्तावको विरोधमा विवेकशील दलले नारायणगोपाल चोकमा कार्यक्रम गरेको थियो । दलको आगामी कार्यक्रमको बारेमा छिट्टै नै निर्णय गरिने पनि दलले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC