site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महाभियोग प्रस्ताव दर्ता त भयो, अबको प्रक्रिया के हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव दर्ता भएको छ । कांग्रेस र माओवादी केन्द्रका २४९ जना सांसद्ले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

अबको प्रक्रिया के हुन्छ ?
व्यवस्थापिका– संसद् सचिवालयले महाभियोग प्रस्तावका बारेमा प्रधानन्यायाधीश र राष्ट्रपति कार्यालयलाई यसबारेमा जानकारी गराइसकेका छन् ।
नियमावली अनुसार दर्ता भएको मितिले महाभियोगबारे छलफल गर्न सभामुखले सातदिनभित्र समय तोक्नुपर्नेछ ।

प्रस्तावकले महाभियोग लगाउनुपर्ने कारणबारे जानकारी गराउनेछन् भने बाँकी बोल्न चाहने सांसदहरुले आ–आफ्नो धारणा राखिसकेपछि यो विषय महाभियोग समितिमा जानेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

महाभियोग समितिमा प्राप्त भएको मितिले तीन दिनभित्र काम सुरु गर्नुपर्नेछ ।  महाभियोग समितिले त्यसको ३० दिनभित्र महाभियोग लगाउनुपर्ने या नपर्ने भन्ने कारणसहितको प्रतिवेदन संसद्लाई बुझाउनेछ ।  त्यसपछि संसद्मा त्यो प्रतिवेदनमाथि छलफल गरेर निर्णयार्थ प्रस्तुत हुनेछ ।

तर त्यसबेलासम्म प्रधानन्यायाधीश सुशीला कार्कीले अवकास पाइसकेकी हुनेछिन् । उनले जेठ २४ गते अवकास पाउँदैछन् ।
महाभियोग समितिको नेतृत्व भने कांग्रेसकै लक्ष्मी राइले गर्नेछिन् ।

Global Ime bank

समितिका सदस्य एवम् एमालेका सांसद रेवतीरमण भण्डारीले समितिले आफ्नो काम सक्नबेलासम्म प्रधान न्यायाधीश संविधानको व्यवस्था बमोजिम सेवा निवृत्त भइसक्ने बताए ।

तर उनले राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त नभएसम्म प्रधान न्यायाधीशलाई पदमुक्त भन्न नमिल्ने तर्क गरे ।

संसद् सचिवालयका प्रवक्ता डा. भरत गौतमका अनुसार संसदको एक चौथाई अर्थात अहिलेको अवस्थामा न्युनतम १ सय ४९ सांसदहरुको हस्ताक्षरसहित कुनै पनि संवैधानिक निकायका प्रमुखहरु विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न सक्छन् । 

“यस्तो प्रस्ताव दर्ता भएपछि उक्त आरोप लागेका व्यक्तिले आफ्नो कार्यसम्पादन गर्न पाउँदैनन् । यसको तत्कालको असर त्यो हो । यसपछाडि संसद सचिवालयमा दर्ता भइसकेपछि ७ दिन भित्र यस विषयमा संसदमा छलफल भइसक्नुपर्छ । यसको समय सभामुखले तोक्नुहुन्छ । त्यसमा महाअभियोगको प्रस्तावमाथि छलफल प्रारम्भ हुन्छ,” उनले भने, “त्यसपछि महाअभियोग सिफारिस समितिमा संसदले पठाउँछ । महाअभियोग सिफारिस समितिले एक महिना भित्र महाअभियोगको विषयमा छानविन गर्छ । त्यो छानविन गर्दा सम्बन्धित तथा आरोपितलाई बोलाएर उहाँको कुरा सुन्ने र सफाईको समय दिन्छ । त्यहाँ भएको छलफलको आधारमा संसदमा दुई तिहाइले महाअभियोग पारित गर्न सक्छ ।”
 

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC