site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
साझा पार्टीले भन्यो– प्रधानन्यायाधीशमाथिको महाअभियोग लोकतन्त्रकै उपहास
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र आबद्ध सांसदद्वारा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिनु लोकतन्त्रकै उपहास भएको साझा पार्टीको ठहर छ।

साझा पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ –न्यायालयको स्वतन्त्रता लोकतन्त्रिक पद्धतिको आधारशिला हो। न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरी प्रतिशोधात्मकरुपमा महाअभियोग लगाउनु लोकतन्त्र, संविधानवाद, विधिको शासन, शक्ति पृथकिकरण र नागरिक अधिकारलाई नै खतरामा पार्नु हो। आफ्नो निहित स्वार्थ पूर्तिका लागि महाअभियोगसम्बन्धी संवैधानिक व्यवस्थाको दुरुपयोग गरिनु दुर्भाग्यपूर्ण घटना हो भन्नेमा कुनै शंकै छैन। लोकतन्त्रका आधारशीलाहरु भत्काउने कार्यले अन्ततः देशलाई प्रतिगमनको दिशामा डोर्याउने छ। यस्तो कार्यको सम्पूर्ण नागरिक समाज र सर्वसाधारणबाट पनि घोर भत्सर्ना हुने नै छ।

न्यायापालिकाको स्वतन्त्रता र गरिमालाई अक्ष्क्षुण राख्न महाअभियोगको प्रस्ताव तत्काल फिर्ता लिन साझा पार्टी आग्रह गर्दछ। यस्तो कार्यबाट लोकतन्त्र न त संस्थागत हुन सक्छ न त त्यसले देशलाई स्थिरता र विकासको बाटोमा नै अगाडि बढाउन सक्छ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC