site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन दर्ता गरियो प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ?
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना सांसदले प्रधानन्यायनधीस सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
प्रधानन्यायाधीश कार्कीले कार्यपालिकाको काममाथि हस्तक्षेप गरेको तथा न्यायालयमा गुटबन्दी गरेको भन्दा उनीविरुद्ध महाअभियोग दर्ता गरिएको नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले जानकारी दिए । 


विश्वकर्माका अनुसार किन दर्ता गराइयो महाअभियोग ?
लोकतन्त्रको प्रमुख पक्ष भनेको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका हुन् । यी तीन अंगहरु सँगै र छुट्टा छुट्टै हुने प्रजातन्त्रको मुख्य सिद्धान्त हो । त्यो सिद्धान्तमा कार्यपालिका तथा सरकारले गरेको निर्णयलाई बंग्याएर, उल्ट्याएर र कही–कही किर्ते कागजहरु पनि प्रयोग गरेर एक नम्बर भएकोलाई दुई नम्बर भनी र दुई नम्बर भएकोलाई एक नम्बर भनी फैसला गरिदिने सर्वोच्च अदालत भएपछि त्यहाँ भन्दा माथि जाने कुरा भएन । पहिलो कुरा प्रहरी बढुवाको नियमको ४० र ४१ नम्बरले स्पष्ट विभिन्न ६ ओटा आधारले नेपाल सरकार एआईजी वा डिआईजी मध्येबाट आईजीपी नियुक्ति गर्ने व्यवस्था हुँदा हुँदै अदालतले खेलौनाको विषय बनायो । यसले योग्य व्यक्तिको अन्याय मात्रै भएन नेपाल सरकार तथा कार्यपालिकाको कार्यक्षेत्र माथि नै हस्तक्षप भयो । 

Agni Group

दोस्रो कुरा सर्वोच्च अदालतमा कार्यरत रहेका १९ जना न्यायधीस मध्ये सबै इजलासमा पटक–पटक उनै न्यायधीसहरु मात्रै प्रयोग गरिने, जो प्रधानन्यायधीससँग निकट छन् । उनीहरु गोप्य रुपमा कुनै आशयबाट प्रभावित भएर फैसला गर्न तयार हुने । 

न्यायपालिकाले फैसला गर्ने पद्दतीमा जुन न्यायाधीस अन्तरिम आदेशमा संलग्न हुनुहुन्छ । उहाँहरु पूर्ण फैसलामा सहभागी नहुने प्रचलन, परम्परा र न्यायीक मुल्य मान्यता छ । उहाँ आफै अन्तरिम फैसला गर्नुहुन्छ र पूर्ण इजलासमा पनि बस्नुहुन्छ । यसले न्यायपालिका भित्र शक्ति पृथकिकरणको सिद्धान्त उल्लंघन गरेको देखियो ।

Global Ime bank

उहाँले दलीय प्रभाव जस्तै तपाईँ यो फैसला गर्ने भए बस्नुस् यदी होइन भने नबस्नुस् भन्न थाल्नुभयो । यसले न्यायीक स्वतन्त्रता माथि समेत हस्तक्षेप गरेको पाइयो । यसले गर्दा दल र सांसदबीच छलफल गरेर आगामी दिनमा न्यापालिकाको गरिमामाथि आँच आउन नदिन प्रधानन्यायाधीस कार्की माथि महाअभियोग प्रस्ताव दर्ता गराएका हौं । 

संविधानको धारा १०१ को उपधारा (२) को संसदको एक चौथाई सांसदको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था अनुरुप व्यवस्थापीका संसदमा रहेका २ सय ४९ सांसदको हस्ताक्षरसहित सभामुख ओनसरी घर्तीको उपस्थितिमा व्यवस्थापिका संसद सचिवालयका सचिव मनोहर प्रसाद भट्टराई मार्फत दर्ता गराएका छौं । 

संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले २ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानन्यायधीसविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको पुष्टि गरे । 

उनका अनुसार संविधानका कारण देखाएर संसदमा रहेको एक चौथाई सांसदले प्रक्रिया पुराएर आएको देखिएमा संसद सचिवालयमा दर्ता हुन्छ । महाअभियोग प्रस्ताव दर्ता गर्न पाउने सांसदहरुको अधिकार नै भएको गौतमले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC