काठमाडौं । अस्थायी शिक्षकलाई एउटै प्रक्रियाद्वारा स्थायी गर्ने प्रावधान गरिनुपर्ने माग गर्दै अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।
केन्द्रीय संघर्ष समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । समितिले वैशाख १८ अर्थात् सोमबारदेखि २२ गते सम्मको चरणबद्ध आन्दोलन घोषणा गरेको छ । समितिले १९ र २० गते मुलुकभर सामुदायिक विद्यालयहरु बन्द गरी राजधानी केन्द्रीत आन्दोलन, विरोध जुलुस तथा सबै जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने जनाएको छ । लामो समय देखि आन्दोलनरत अस्थायी शिक्षकलाई स्थायी गर्न भनि आन्तरिक प्रतिस्पर्धा र गोल्डेन हेण्डसेक प्रक्रियाको प्रावधान सरकारले ल्याएपनि अस्थायी शिक्षकहरुबीच विभेदपूर्ण ढंगले विज्ञापन गगरी स्थायी प्रक्रिया सुरु गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।