site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस र माओवादी केन्द्रका सांसदद्वारा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । 
संसद् सचिवालय सिंहदबारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
एक चौथाई सदस्यले हस्ताक्षर गरेर उनीविरुद्ध महाभियोग दर्ता गरिएको हो । २४९ जना सांसद्को हस्ताक्षरमा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।
नेपालको इतिहासमा प्रधान न्यायाधीशलाई नै महाभियोग लगाइएको यो पहिलो पटक हो । हस्ताक्षर गर्नेमा नेपाली कांग्रेसका १८९ जना सांसदहरु पनि रहेका छन् भने माओवादी केन्द्रका ६० जना सांसदहरु रहेका छन् ।
प्रधानन्यायाधीश कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आईजीपी प्रकरणमा पहिलोलाई दोस्रो  र दोस्रोलाई पहिलो बनाई कामसु तोडमोड गरेको, न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको लगायतका आरोप उनीमाथि लगाइएको छ ।
माओवादीका प्रमुख सचेतक टेक बहादुर बस्नेत र मीन बहादुर विश्वकर्माले दर्ता गरेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC