site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् । 
प्राथमिक सेयर निष्कासनका लागि दुबै कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । कर्मचारी संचय कोषमा कार्यरत कर्मचार, कर्जा लगानी गर्ने वित्तीय संस्थाका कर्मचारी र संस्थापक सेयरधनीका कर्मचारीका लागि प्राथमिक सेयर निष्कासन गर्न लागेका हुन् । 
सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ । यस्तै रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । सान्जेनले १४ मेगावाटको माथिल्लो र ४२ मेगावाटको तल्लोसान्जेन आयोजना निर्माण गरिरहेको छ । यस्तै रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेको छ । ३ वटा आयोजनामा कर्मचारी संचय कोषको लगानी रहेको छ ।  
आयोजनामा चिलिमे हाइड्रोपावर लिमिटेड नेपाल विद्युत प्राधिकरणको लगानी रहेको छ । आयोजना सन् २०१९ मा सम्पन्न गर्ने लक्ष्य छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC