site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रस्ताव पारित नहुने अवस्था आएपछि रोकियो, सत्तापक्षकै सांसद अनुपस्थित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने केही सांसद् नै अनुपस्थित भएपछि व्यवस्थापिका–संसद्को बैठक पनि २१ गतेसम्मका लागि सारिएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।
सत्तापक्ष नेपाली कांग्रेस र राप्रपाका कतिपय सांसद् नै अनुपस्थित थिए । संसद् सचिवालयका अनुसार ५९३ सदस्य रहेको संसद्मा आजको बैठकमा जम्मा ५११ जना उपस्थित थिए ।
संसद्को बैठक स्थगित हुँदासम्म जम्मा ५११ जना सांसद् उपस्थित भएको संसद् सचिवालयका प्रवक्ता डा. भरत गौतमले जानकारी दिए ।
उनका अनुसार सांसदहरु दिनभर संसद् बैठक चल्छ भन्ने सोचेर केही स्थगित भएपछि पनि उपस्थित भइरहेका छन् ।
स्रोतका अनुसार कांग्रेस र राप्रपाकै सांसद्हरु अनुपस्थित रहेको, १९ गतेको मनोनयन दर्ताका लागि हस्ताक्षर गर्ने जिल्ला प्रतिनिधिहरु पनि सांसद् नै भएकाले जिल्ला जान ढिलाई हुने देखेर २१ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
स्रोतका अनुसार राप्रपाले संसदीय दलको बैठकपछि ह्विप जारी गरे पनि केही सांसद्ले प्रस्तावको पक्षमा मतदान गर्न नसकिने बताउँदै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC