site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्र बैंकले समस्याग्रस्त विभाग हटाउने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त विभाग हटाउने भएको छ । 
पुँजी वृद्धिपछि बैंक तथा वित्तीय संस्था अझ मजवुत भएकाले समस्याग्रस्त विभागलाई हटाउन लागेको हो । समस्याग्रस्त सबै संस्था नयाँ लगानीकर्ताले खरिद गरेर पुनः सञ्चालनमा आएकाले अब समस्याग्रस्त शाखा आवश्यक नभएको गभर्नर डा. चिरन्जीवी नेपालले बताए । पुँजीवृद्धिले सानातिना समस्या समाधान गर्ने अवस्थामा बैंक तथा वित्तीय संस्था पुगेको बताउँदै उनले अब यस्तो समस्या नआउने दावी गरे ।  
यति बैंक तथा वित्तीय संस्था चाहिन्छ भन्ने निर्धारण देशको अर्थतन्त्रको वृद्धिले निर्भर गर्ने बताउँदै उनले यो वर्ष देशको अर्थतन्त्र राम्रो भएकाले वित्तीय क्षेत्रको भूमिका अझ बढी रहने बताए । उनले सुदूरपश्चिममा वित्तीय पहँुच कम रहेकाले त्यसतर्फ जान बैंक तथा वित्तीय संस्थालाई सुझाए । दुर्गम क्षेत्रमा जाँदा ५० लाख रुपैयाँ विना ब्याज सहुलियत कर्जा दिँदै आएको बताउँदै उनले भने “अब तपाईंहरु सुदूरपश्चिम र दुर्गम क्षेत्रमा जानुस् ।” 
प्राइम कमर्सियल बैंकको एकीकृत कारोबार र नवनिर्मित भवनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै गभर्नर नेपालले धेरै नाफा नहेरी दुर्गम क्षेत्रमा जान सुझाव दिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC