site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
किन अघि बढेन संविधान संशोधन प्रक्रिया ? सत्तापक्ष भन्छ –संविधान संशोधन भन्दा निर्वाचन महत्वपूर्ण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं  । व्यवस्थापिका–संसद्को आइतबार बोलाइएको बैठकमा संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी थियो ।  त्यसका लागि संसद् सचिवालयले संविधान संशोधन प्रस्तावमाथि परेका संशोधन प्रस्तावलाई एकीकृत गर्ने काम पनि गरिसकेको थियो ।
आइतबार नै संसद्का दुईवटा बैठक बस्ने, पहिलो बैठकमा शोक प्रस्ताव पारित गर्ने र दोस्रो बैठकमा संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी थियो । 
तर शोक प्रस्ताव पारितपछि संसद्को बैठक २१ गतेसम्मका लागि स्थगित गरियो ।
किन ?
प्रधानमन्त्री पुष्पकमल दाहाल भन्छन्– संविधान संशोधन आजसम्म गर्ने भनेकै हो । तर उमेदवारी दर्ताको समय भएकाले सबै त्यतातर्फ लाग्नुपर्ने भयो । त्यसो हुँदा आज छलफल हुन सकेन । ३१ गतेको निर्वाचन उत्सवको रुपमा सफल पार्न त्यता होमिनुपर्ने भयो । उमेदवारी दर्ता गरिएपछि संविधान संशोधनको पनि काम अघि बढ्छ ।  मोर्चा पनि निर्वाचनमा आउँछ, तपाइँहरु ढुक्क हुनुहोस् । मिडियाले पनि निर्वाचन हुँदैन कि भनेर आशंका गर्नुपर्दैन ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गरे ।
उनले भने– निर्वाचन हुन्छ । हुँदैन भनेर कसले भन्यो ?

नेकपा एमालेका नेता भिम रावलले भने संविधान संशोधन प्रस्तावमा एमालेले सहमति जनाउन नसक्ने बताए ।
उनले चुनावको बीचमा बजेट ल्याउने कुरा पनि एमालेलाई अमान्य हुने बताए । “एमालेको सार्वजनिक भएको धारणाअनुसार निर्वाचन एकैचरणमा गराउन पहल गर्ने र बजेट चुनावको बीचमा ल्याउनुहुँदैन भन्नेमा एमाले दृढ छ,” रावलले भने । माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले संविधान संशोधन भन्दा निर्वाचन महत्वपूर्ण भएकाले सबै निर्वाचनमा होमिन संसद्को बैठक स्थगित गरिएको जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC