site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पुँजी बढाउन ४ दर्जन बैंक/वित्तीय संस्था मर्जर र एक्विजिसनमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असारसम्ममा चुक्ता पुँजी बढाउन समयसीमा तोकेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई अहिले पुँजी बढाउने चटारो भएको छ ।

पुँजी बढाउन हकप्रद सेयर निष्कासन, थप निष्कासन (एफपीओ) र बोनस सेयरबाट नपुगेपछि ४ दर्जन बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा खरिद (एक्विजिसन) प्रक्रियामा सामेल भएका छन् । ४ दर्जन बैंक तथा वित्तीय संस्था गाभिएर र खरिदबाट डेढ दर्जनमा झर्नेछन् । धेरै बैंक तथा वित्तीय संस्थाले मर्जर र एक्विजिसन गरेर एकीकृत बैंकिङ कारोबार सुरु गरिसकेका छन् भने कतिपय प्रक्रियामा रहेका छन् । 

राष्ट्र बैंकले २ वर्षअघि ल्याएको मौद्रिक नीतिमा ०७४ असारभित्र चुक्तापुँजी बढाउने बाध्यकारी व्यवस्था ल्यापछि पछिल्लो समयमा धमाधम बैंक तथा वित्तीय संस्था मर्जर र खरिद प्रक्रियामा सामेल भइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्र बैंकले वाणिज्य बैंकलाई ८ अर्ब, विकास बैंकलाई साढे २ अर्ब र वित्त कम्पनीलाई ८० करोड रुपैयाँ पुँजी पुर्याउनु पर्ने बाध्यकारी व्यवस्था ल्याएपछि मर्जर र एक्विजिसन प्रक्रियामा बैंक तथा वित्तीय संस्था सामेल भएका हुन् । यसबीचमा धेरै विकास बैंक र वित्त कम्पनी वाणिज्य बैंक र विकास बैंकमा गाभिने क्रममा छन् । यस्तै पुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले मर्जर, एक्विजिसनका अतिरिक्त गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका छन् । यस्तै हकप्रद, थप निष्कासन (एपीओ) र बोनस सेयर निष्कासन भइरहेका छन् ।

देवः विकास बैंकमा साझा विकास बैंक र युनियन फाइनान्स कम्पनी लिमिटेड गाभिने भएका छन् । सेन्चुरी कमर्शियल बैंकमा अल्पाइन डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्स कम्पनी लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंकमा यति डेभलपमेन्ट बैंक, जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक, भिवोर सोसाइटिएल डेभलपमेन्ट बैंकमा लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी लिमिटेड र मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिने भएका छन् । 

Global Ime bank

सांग्रिला डेभलपमेन्ट बैंकमा कसमस डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कामना विकास बैंकमा सेवा विकास बैंक, ओम डेभलपमेन्ट बैंकमा र मनास्लु डेभलपमेन्ट बैंक, सिभिल बैंकमा हामा मर्चेन्ट फाइनान्स लिमिटेड र युनिक फाइनान्स लिमिटेड, कुमारी बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेविहार डेभलपमेन्ट बैंक, महाकाली डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेड गाभिने भएका छन् । 

यसैगरी ग्लोबल आईएमई बैंकमा रिलायवल डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंकमा साहरा विकास बैंक, प्राइम कमर्शियल बैंकमा विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंकमा फेवा विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा एस डेभलपमेन्ट बैंक एक्विजिसनमा जाने सहमति गरेका छन् । 

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको संख्या धेरै घटाउन पुँजी बढाए पनि वाणिज्य बैंकको संख्या २८ बाट नघट्ने देखिएको छ । यस्तै एक दर्जन राष्ट्रियस्तरको विकास बैंक र डेढ दर्जन फाइनान्स कम्पनीको अस्तित्व रहने देखिएको छ । राष्ट्र बैंकले विकास बैंकको अस्तित्व नै नराख्ने योजना बनाएको छ । क वर्गका २८ वाणिज्य बैंक, ख वर्गका ५७, ग वर्गका ३६ र घ वर्गका ४८ गरी कुल वित्तीय संस्थाको संख्या १६९ रहेको छ । हालसम्म जनताले ४ हजार बढी शाखाबाट वित्तीय सेवा पाइरहेका छन् । 

हालसम्म २ वटा वाणिज्य बैंकले चुक्तापूँजी ८ अर्ब रुपैयाँ पुर्याइसकेका छन् । वोनस सेयर जारी गरेर ५ वटा बैंकले चुक्तापुँजी पुर्याउने अवस्थामा पुगेको राष्ट्र बैंकले जनाएको छ । यस्तै ३ वटा बैंकले एफपीओ र ६ वटा बैंकले हकप्रद सेयर जारी गरेर पुँजी बढाउने देखिएको छ । यस्तै एक दर्जन बैंकले हकप्रद सेयर जारी र मर्जरबाट पुँजी पुर्याउने राष्ट्र बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC