site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाको सहज जित, ला लिगा उपाधि होड रोमाञ्चक
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पानियोललाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जित्ने होडलाई कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा स्पानियोललाई ३–० ले पराजित गर्दै बार्सिलोनाले उपाधि होड कायम राखेको हो ।

स्पानियोलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेजले दुई तथा इभान रेकिटिकले एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गर्दै सहज जित निकालेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ७६ औं मिनेटमा रेकिटिकले बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–० को सहज जित पायो ।

बार्सिलोनाको यो जितसँगै ला लिगाको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । लिगको उपाधि होडमा बार्सिलोना र रियल मड्रिड अघि छन्  । लिगमा बार्सिलोनाले तीन खेल खेल्न बाकी छ । त्यस्तै रियल मड्रिडले लिगमा चार खेल खेल्न बाँकी छ । यस्तोमा शिर्ष स्थानको बार्सिलोना र रियल मड्रिडको समान ८१ अंक छ । गोल अन्तरमा बार्सिलोना शिर्ष स्थानमा छ । 

Global Ime bank

लिगमा बार्सिलोनाले भिल्लारियल, लास पालमस र एइबरसँग खेल्न बाँकी छ । त्यस्तै रियल मड्रिडले ग्रनाडा, सेभिल्ला, मालागा तथा सेल्टा डी भिगोसँग खेल्न बाँकी छ । 

स्पेनिस ला लिगा अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले लास पालमसलाई ५–० ले पराजित गरेको छ । त्यस्तै भिल्ला रियलले स्पोर्टीङ गजोनलाइ ३ – १ तथा रियल सोसीडाडले ग्रानाडालाइ २ – १ ले पराजित गरेको छ  ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC