site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संशोधन विधेयक पारित गराउन ४ मतमा रस्साकस्सी, एमालेबिनै पारित गराउने यस्तो छ तयारी
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक पारित गराउन ४ मत अपुग भएपछि त्यसका लागि सरकारले तीव्र गृहकार्य गरेको छ ।

कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले साना दलका सांसदहरुलाई पक्षमा मतदान गर्न लगातार आग्रह गरिरहेका छन् ।

“हामीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै यो प्रस्ताव पारित गराउन सहयोगका लागि आग्रह गरेका थियौं,” सत्तारुढ दलका एक नेताले भने, “तर उहाँले मान्नुभएन । उहाँले नमानेपछि हामीले साना दलका सांसदहरुलाई आग्रह गरेका छौं । नेकपा एमालेले मान्दै मानेन भने उ बिना नै संविधान संशोधन पारित गराउने कसरत जारी छ ।”

Agni Group

सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक आजैदेखि प्रक्रियामा प्रवेश गराउने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।
सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार वविन शर्माले दिएको जानकारीअनुसार आजै ११ बजेपछि बस्ने संसद्को बैठकले संशोधन प्रक्रिया अघि बढाउनेछ ।

यस्तो छ सरकारको तयारी
अहिले संसद्मा कायम संख्या ५९३ रहेको छ । त्यसको दुई तिहाई अर्थात ३९७ सांसदको मत पक्षमा खस्यो भने संविधान संशोधन विधेयक पारित हुनेछ ।
तर अहिले सत्तारुढ दलसँग ३९३ मत रहेको छ । कांग्रेस २०७, माओवादी केन्द्र ८१, राप्रपा ३६, राजपा २४, संघीय समाजवादी फोरम नेपाल १५, फोरम लोकतान्त्रिक १४ र नेकपा संयुक्तसहित साना दल १६ रहेका छन् ।

Global Ime bank

तर चार मत अझै अपुग देखिएको छ । त्यसका लागि कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले साना दलसँगको छलफलमा रहेको स्रोतले जानकारी दियो ।

अहिले संशोधन प्रस्तावको विपक्षमा १९५ मत रहेको छ । जसमा नेकपा एमाले १८१, नेकपा माले ५, नेमकिपा ४, राजमो ३, बहुजन पार्टी १ र मधेस समता पार्टी १ रहेका छन् । 

तर विपक्षमा रहेका दलले आफूहरुसँग अहिले पनि १९८ मत कायमै रहेको दावी गर्दै आएका छन् । बहुजन पार्टीका नेता विश्वेन्द्र पासवानले अहिले पनि आफूहरुको समर्थनविना सरकारले संशोधन प्रस्ताव पारित गर्न नसक्ने बताए । उनले संशोधन प्रस्ताव राष्ट्रको पक्षमा नरहेकाले अहिले समर्थन गर्न नसकिने बताए ।

उच्च स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्रले साना दलका सांसदहरुलाई नयाँ बन्ने सरकारमा मन्त्री पद सुरक्षित बनाइदिने आश्वासन दिएका छन् । त्यसैले पनि एमालेबिना अझै पनि बहुमत पुर्याउने प्रयास भइरहेको छ ।

संसद् सचिवालय उच्च स्रोतका अनुसार एमालेको सहमतिबिना संविधान संशोधन पारित हुने सम्भावना भने निकै न्युन छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC