site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वायर्न म्युनिखलाई लगातार पाँचौं पटक बुण्डेस लिगाको उपाधि 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वायर्न म्युनिखले लगातार पाँचौ पटक जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत शनिबार राति  १० खेलाडीमा सिमित वुल्फबर्गलाई ६–० ले पराजित गर्दै वायर्न म्युनिखले लगातार पाँचौ पटक उपाधि जितेको हो ।
वुल्फबर्गको घरेलु मैदानमा भएको खेलमा वायर्नले दुवै हाफमा समान ३ – ३ गोल गरेको थियो । वायर्नलाई जित दिलाउन रोर्बट लेवान्डोस्कीले दुई तथा डेविड अलाबा, आर्जेन रोबिन, थोमस मुलर र जोस किम्मिचले समान एक एक गोल गरे । खेलको ७८ औं मिनेटमा लुइज गुस्टोभा दोहोरो पहेँलो कार्डखाँदै मैदानबाट बाहिरिएपछि वुल्फबर्ग १० खेलाडीमा सीमित भएको थियो । 
जितसँगै कार्लोस एन्सिलोटीको टोलि वायर्नले लिगका तीन खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । योसँगै वायर्न म्युनिख लगातार पाँचौं सिजन बुण्डेस लिगाको उपाधि जित्ने पहिलो टिम बनेको छ । 
जितपछि उपाधि जितिसकेको वायर्नले ३१ खेलबाट ६३ अंक जोडेको छ  । लिगको दोस्रो स्थानमा रहेको लेइप्जिगको ३१ खेलबाट ६३ अंक छ । वुल्फबर्ग ३३ अंक जोडेर लिगको १४ औं स्थानमा छ  ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC