site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आईपीएलः सुपर ओभरमा मुम्बईको जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुम्बई इन्डियन्सले भारतमा जारी दशौ सस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा सातौं जित निकालेको छ  । लिग अन्तर्गत शनिबार राति भएको खेलमा गुजरात लायन्सलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले सातौं जित निकालेको हो । 

राजकोटमा गुजरातले दिएको १५४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा अलआउट हुदै १५३ रनमा समेटिएपछि खेल सुपर ओभरमा गएको थियो । तर, सुपर ओभरमा जसप्रित बुमराहले उत्कृष्ट बलिङ गरेपछि मुम्बईले जित आत्मसात गर्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले ११ रन बनाउदै जितका लागि गुजरातलाइ १२ रनको लक्ष्य दियो । जवाफमा गुजरातले ६ रनमात्र बनाएपछि मुम्बईले जित सातौं जित निकाल्यो । आईपिएलको यो सिजनमा सुपरओभरबाट खेलको निर्णय भएको यो पहिलोपटक हो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । उसका लागि इशान किसानको ४८ तथा रबिन्द्र जडेजाले २८ रनको योगदान दिए । मुम्बईका क्रुनल पाण्डेले ३ विकेट लिए । जवाफी ब्याटिङ गरेको मुम्बईले पार्थिव पटेलको ७० रनको अर्धसतकीय परिमा १५३ रन मात्रै बनाउन सक्यो ।  

Global Ime bank

यो जितसँगै मुम्बईले शिर्ष स्थानको कलकतासंग अंक बराबरी गरेको छ । ९ खेलमा ७ खेल जितेका मुम्बई १४ अंकसहित दोस्रो स्थानमा छ । कलकताको पनि समान १४ अंक छ तर रनरेटको आधारमा शिर्ष स्थानमा छ । तीन खेल मात्रै जितेको गुजरात भने ६ अंकसहित पाँचौं स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC