site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गरिमा विकास बैंकको केन्द्रीय कार्यलय लाजिम्पाटमा स्थानान्तरण 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । 
बैंकको केन्द्रीय कार्यलय पोखरामा रहेको थियो ।  कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । 
“हामी उत्कृट सेवा दिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौ, स्थानान्तरण यसको पहिलो सुरुवात हो” ढकालले भने । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा बैंकले ‘आफ्नो टोल आफैं सफा गरौं, धुलो रहित महानगरपालिका बनाऔं’ भन्ने नारा सहित सरसफाई तथा चेतना अभियानको आयोजना गरेको हो । यसबाट राजधानीको वातावरण प्रदुषण नियन्त्रणमा सकरात्मक सन्देश प्रवाह हुने विश्वास बैंकले लिएको छ । 
आठ प्रतिशत व्याजदरको नयाँ बचत खाता
बैंकले बैशाख १५ गतेबाट आठ प्रतिशत व्याजदरको नयाँ बचत योजना सुरु गरेको छ । ‘गरिमा शुभलाभ विशेष योजना’ नामक बचत योजनामा सहभागि हुने सेवाग्राहीले वार्षिक आठ प्रतिशत व्याज पाउने बैकले जनाएको छ । 
चालु आर्थिक वर्षको त्रैमासमा १३ अर्ब ३९ करोड ४५ लाख ७० हजार रुपैंया निक्षेप संकलन तथा १२ अर्ब नौ करोड चार लाख ९३ हजार रुपैंया कर्जा प्रवाह गरेको छ । बैंकले २५ रुपैंया ५६ पैसा प्रतिसेयर आम्दानी बनाएको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७० प्रतिशतले बढाएर २४ करोड ८५ लाख ५२ हजार रुपैंया पु¥याएको छ । 
बैंकको शाखा ४३ र सात एटीएमबाट वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले राजधानीको चाबहिल तथा कलंकी सहित सात स्थानमा निकट भविष्यमा नै नयाँ शाखा सञ्चालनमा ल्याउँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC