site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानी क्रुजका चालक दलका दुई भारतीयमा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । जापानको डाइमन्ड प्रिन्सेस क्रुजका चालक दलका दुई भारतीयमा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ । जापानको योकोहामा बन्दरगाहमा क्‍वारेन्टाइन गरिएको क्रुजका चालक दलका सदस्यमध्ये दुई भारतीयमा कोरोना संक्रमण भएको भारतीय विदेशमन्त्री एस. जयशंकरले जानकारी गराएका छन् । 

फेब्रुअरी ४ देखि ११ सय चालक दलका सदस्य र २६ सय यात्रु सवार क्रुज फेब्रुअरी १९ सम्मका लागि योकोहामा बन्दरगाहमा क्‍वारेन्टाइन गरिएको छ । उक्त क्रुजमा सवार १७४ भारतीय रहेको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फेब्रुअरी १ मा क्रुजमा सवार ८० वर्षीय हङकङका व्यक्तिमा कोरोनाको लक्षण देखिएपछि उनको जाँच गरिएको थियो । जाँचका क्रममा कोरोना भएको पुष्टि भएलगत्तै उनको उपचार थालिएको हो । 

जाँच गरिएका ७१३ जनामध्ये बिहीबारसम्म २१८ जनामा कोरोना भएको पुष्टि गरिएको छ । कोरोना संक्रमण देखिएका सबैलाई उपचारका लागि लगिएको छ भने अन्यलाई सोही क्रुजमा क्‍वारेन्टाइन गरिएको छ । जापानस्थित भारतीय दूतावासले सबै भारतीय यात्रुसँग सम्पर्कमा रहेको जनाएको छ । - डीएनए इन्डिया

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC