site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सहज जितसँगै पीएसजी सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले डीजोन एफसीओलाई ६–१ गोल अन्तरले पराजित गर्दै जित निकालेको छ । 

डीजोनको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन पाब्लो सरावियाले दुई गोल गरे । त्यस्तै केलियन एम्बाप्पे र थाइगो सिल्भाले एक–एक गोल गरे । दुई गोल भने पीएसजीले आत्मघाती उपहार पाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उता डी जोनका लागि मोनिर चुयरले एक गोल फर्काए । पीएसजीले खेलको पहिलो मिनेटमानै आत्मघाती गोल उपहार पाएको थियो । 

मोनिरले १३ औँ मिनेटमा गोल गर्दै डीजोनका लागि बराबरी गोल फर्काए । ४४ औँ मिनेटमा एम्बाप्पेले पीएसजीका लागि गोल गर्दै खेल २–१ मा पुगाए । पहिलो हाफमा २–१ को अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।

Global Ime bank

५० औँ मिनेटमा शिल्भाले गोल गर्दै पीएसजीको अग्रता ३–० पुगाए । ५५ औँ मिनेटमा सरावियाले पीएसजीका लागि चौथो गोल गरे । ८६ औँ मिनेटमा पीएसजीले पुनः आत्मघाती गोल उपहार पायो । सरावियाले खेलको इन्जुरी समयमा गोल गर्दै ६–१ गोलको जित दिलाए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC