site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

म्याग्दी । दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ । 

जिल्ला शिक्षा कार्यालयको सहयोगमा छ वटा दुईकोठे र तीन वटा तीनकोठे कक्षा कोठा पुनःनिर्माण भएको हो । थप पाँच विद्यालय भवन योजनाको भौतिक निर्माण सम्पन्न भई फरफारक गर्ने क्रममा रहेको छ । 

त्रिचालिस दुईकोठे, छ तीनकोठे, दुई आठकोठे र सात चारकोठे भवन यसै वर्षभित्र पुनःनिर्माण गरिने लक्ष्य रहेको कार्यालयका सब–इन्जिनियर रामजय यादवले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

कार्यालयले फर्निचरसहित दुईकोठे भवन निर्माणका लागि रु १३ लाख ५० हजार र तीनकोठेलाई रु १९ लाख ५० हजारका दरले अनुदान दिएको थियो ।

आगामी असारमा सम्पन्न गर्नुपर्ने भए पनि दग्नामको जनता मावि र मलम्परको विद्यालयमा भने अझै काम सुरु भएको छैन । पूर्वाधार योजना समयमा सम्पन्न नगर्ने विद्यालयको खाता रोक्का गरिने जिशिअ रामकुमार श्रेष्ठले बताए ।  

Global Ime bank

ताकममा मोबाइल टावर 
धौलागिरि गाउँपालिका–७ ताकममा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर शुक्रबारदेखि सेवा विस्तार गरेको छ । 

साबिक ताकम गाविस–९ काफलडाँडामा रहेको टावर सञ्चालनमा आएपछि ताकम, देवीस्थान, मुना, मुदी, खिवाङ, मराङ, धारापानी, बिमलगायत गाउँमा टेलिकमको सेवा विस्तार भएको हो । 

यसअघि मोबाइल टावर नहुँदा ताकम र आसपासका क्षेत्रका मोबाइल फोन प्रयोगकर्तालाई सञ्चार सुविधा उपभोग गर्न समस्या भएको थियो । सौर्य ऊर्जामार्फत टावर सञ्चालन गरिएको टेलिकम शाखा प्रमुख विष्णुदेव शाहले बताए ।  

टावरका उपकरण राख्नका लागि साबिक ताकम गाविसको आर्थिक सहयोगमा काफलडाँडा र ताकमका बासिन्दाले श्रमदान गरेर भवन बनाएका थिए । टेलिकमले दाना, अर्मन र पाखापानीमा समेत मोबाइल टावर सञ्चालन गर्ने तयारी गरेको छ । 

पन्ध्र टावरबाट थ्रिजी सेवा सञ्चालन गरेको टेलिकमले यस वर्ष म्याग्दीमा सात नयाँ मोबाइल टावर स्थापना गरेर सेवा विस्तार गर्न लागेको शाखा प्रमुख शाहले बताए । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC