site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
५ करोडमा सर्मिलाले चलचित्र बनाउँदै, दीपेन्द्रले निर्देशन गर्दै, खगेन्द्र मुख्य भूमिकामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पहिलोपटक ५ करोड लगानीमा चलचित्र बन्ने भएको छ । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रमा लगानी सर्मिला पाण्डेले गर्ने भएकी छन् । पाण्डे चलचित्र ‘लभ लभ लभ’ कि निर्मात्री हुन् । यति ठूलो बजेटमा नेपालमा चलचित्र बन्न लागेको यो पहिलो पटक हो । 

निर्देशक खनालकै कथा रहने चलचित्रको नाम भने तय भइसकेको छैन । ‘मनमा धेरै नाम त छन् तर चित्त बुझिरहेको छैन,” निर्देशक खनालले भने, “मन परेको नाम जुरेपछि जानकारी गराउँछौं ।”

हिँडेर अमेरिका जाने तीन जना नेपालीको कथा चलचित्रको मुख्य विषय भएको उनले बताए । “अहिलेको समसामयिक विषय हो यो ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकाप्रतिको मोह चलचित्रको विषय हो । मलाई लाग्छ कुनै पनि देशले यस्तो नौलो चलचित्र बनाएका छैनन्,” निर्देशक खानलले भने, “सर्मिला दिदीले मलाई केही नौलो र विदेशमा पनि चलाउन सकिने चलचित्र बनाउनु पर्यो भन्नुभयो । त्यही भएर मैले यो कथा रोजेको हुँ ।”

उनले भारत, थाइल्यान्ड, ब्राजिल, पेरु, ग्वाटेमाला लगायत १३ देश हुँदै अमेरिका पुगिने र त्यहीँ छायांकन हुने भन्दै  भने, “यसरी पैदल हिँड्ने क्रममा बाटोमै कतिले ज्यान गुमाउँछन्, हामीलाई पनि यो चुनौतिपूर्ण छ । तर, पनि हामीले आँटेका छौं । गररै छाड्छौं ।”

Global Ime bank

नाम तय नभइसकेको यो चलचित्रको मुख्य पात्र पनि एक जना मात्रै सार्वजपनक गरिएको छ । र, ति हुन्–खगेन्द्र लामिछाने । 

“म बाहिर गएको थिएँ । हिजो बिहान मात्रै दीपेन्द्र जिले भेट्ने काम छ भनेर बोलाउनुभयो । भेट्दा मलाई यो चलचित्रमा प्रस्ताव गर्नुभयो । मलाई पनि तँ अरुको चलचित्रमा काम गर्छैनस् भनेर आरोप लागिरहन्थ्यो । त्यसैले हुन्छ भनेँ ।”

चलचित्रको विषय नै चुनौतिपूर्ण भए पनि उनले आफू यसका लागि तयार रहेको बताए । 

चलचित्र विकासबोर्डका अध्यक्ष राजकुमार राइले देशको प्रतिनिधित्व गर्नसक्ने चलचित्रलाई वोर्डले सहयोग गर्ने बताए । “हामीसँग अहिले १६ करोड रुपैयाँ पैसा जम्मा भएको छ । यस्तै फरक खालका र देशलाई चिनाउने चलचित्रका लागि नै हो त्यो पैसा खर्चिने । धेरै त भन्न सक्तिन । जति सकिन्छ हामी सहयोग गर्न तयार छौं ।” 

चलचित्रको छायांकन आउने मंसिर १५ बाट सुरु हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC