site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी मोबाइल एप्लिकेसनको नयाँ भर्सन सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  वैदेशिक रोजगारमा जाने सोच भएका¸ विदेशमा रहेका तथा नेपाल फर्किन चाहने सबै नेपालीहरूलाई सुरक्षित वैदेशिक रोजगार प्रक्रिया र त्यसका लागि चाहिने वित्तीय जानकारी दिने शुभयात्रा मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ ।

यो मोबाइल एप्लिकेसनलाई गुगलको प्ले स्टोरमा गएर Shuvayatra टाइप गरी डाउनलोड गर्न तथा www.shuvayatra.org  मा लगईन गरेर हेर्न सकिन्छ ।

२०१६मा बेटा भर्सन लञ्च गरी अब भर्सन १.० शुक्रबार लञ्च गरिएको यो एप्लिकेसनलाई चलाउन झनै सजिलो बनाइएको छ । यसमा वैदेशिक रोजगारसँग सम्बन्धित समाचार¸ वित्तीय जानकारी¸ अडियो/पोडकास्ट तथा भिडयो¸ पुर्याउनुपर्ने विभिन्न प्रक्रियाहरूबारे सबै जानकारीहरू राखिएको छ । धेरै नेपाली जाने पाँच देशहरू मलेसिया¸ कतार¸ साउदी अरेबिया¸ युएई र कुवेतबारे सम्पूर्ण जानकारीहरू राखिएको यस एपले विदेश जाने सोचिरहेकाहरुलाई कसरी सुरक्षित तरिकाबाट जाने भनेर सचेत गराउने¸ विदेश जानको लागि कागजपत्रहरु बनाइरहेकाहरुलाई राम्रोसँग कागजपत्र बनाउन तथा ठगीबाट जोगिने तरिका सिकाउने¸ तथा विदेशबाट नेपाल फर्किन चाहानेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्न के गर्ने तथा अवसरहरू कता खोज्ने भन्ने बारेमा जानकारी दिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यतिमात्र नभई ठगी लगायत विभिन्न जोखिमबाट बच्ने तथा यदि ठगीमा परिएमा उजुरी कसरी गर्ने भन्ने बारेमा पनि यसमा जानकारीहरू राखिएका छन् ।

विभिन्न प्रयोगकर्ताहरुलाई सहभागी गराएर गरिएको युजर टेस्टिङलाई आधार मानी पुरानो भर्सनमा सुधारहरू गरेर यो एप्लिकेसन सार्वजनिक गरिएको हो ।

Global Ime bank

के-के विशेषताहरू रहेका छन् ?

  • वेब भर्सन सार्वजनिक – अब एप्लिकेसन डाउनलोड नगरी कम्प्युटर तथा मोबाइलबाट पनि सामाग्रीहरू खोल्न र हेर्न सकिने
  • वैदेशिक रोजगारीका विभिन्न चरणहरू तथा कामदार भएको देशको आधारमा सोधिने प्रश्नहरूको उत्तर दिए पनि त्यही अनुसारका लेखहरू पढ्न सकिने
  • नेपालका २८ जिल्लामा भएका १५ वटा रेडियो स्टेसनहरू एपबाटै सुन्न सकिने
  • वैदेशिक रोजगारको लागि जाने सोचमा भएका, जानु भएका तथा उनका परिवारका लागि व्यावहारिक वित्तीय जानकारी, सल्लाह र उपकरणहरू उपलब्ध
  • वैदेशिक रोजगार प्रक्रियासँग सम्बन्धित विभिन्न समाचारहरू पढ्न पाइने
  • वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि चाहिने कागजपत्र¸ लाग्ने खर्च¸ आवेदन प्रक्रियाका चरणहरू¸ विदेशमा भएका ठाँउहरूको बारेमा जानकारी र अन्य खाले विभिन्न जानकारीहरू समावेश भएको
  • विदेश जाने सोचेदेखि नेपाल फर्किँदा सम्म आवश्यक पर्ने विभिन्न चरणहरुमा सेवा दिने वा लिने ठाँउहरू जस्तै सूचना केन्द्रहरू¸ म्यानपावर एजेन्सीहरू¸ राजदूतावासहरू¸ अभर पर्दा सहयोग गर्ने संघसंस्थाहरू आदिबारे जानकारी दिने सेवा निर्देशिकाहरू भएको
  • विदेशमा रहनु भएका वा फर्कनु भएका कामदारले नै तयार पार्नु भएका लेख, किवता, रचनाहरू प्रकाशित हुने
  • स्मार्ट सर्च फङ्सन (खोज्ने सुविधामार्फत) एपमा भएका सबै लेख तथा सामाग्रीहरू खोज्न सकिने 

कसरी डाउनलोड गर्ने ?

डाउनलोड गर्नको लागि गुगल प्लेमा गएर Shuvayatra टाइप गर्ने अथवा वेबमा गएर www.shuvayatra.org  मा क्लिक गर्नुहोस् । फेसबुक पेजमा जानको लागि www.facebook.com/shuvaGo  मा जान सक्नुहुन्छ ।

शुभयात्रा मोबाइल एप विदेशमा रहेका नेपालीहरूको सहयोगमा द एसिया फाउन्डेसनले बनाएको एप्लिकेसन हो जसलाई हाम्रो पात्रो¸ सेयरकास्ट इनिसिएटिभ र विकास उद्यमीको संयुक्त सहकार्य रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०७४  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC