site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बालुवाटारमा फेरि तीन सहमति, के होला संशोधन प्रस्ताव ?
Ghorahi CementGhorahi Cement

आज वैशाख १५, शुक्रवार ।

राजनीतिक दलहरू सहमतिको नजिक पुगेकाले स्थानीय तहको निर्वाचन सुनिश्चित बन्न लागेको समाचार सार्वजनिक भएको एक दिन नबित्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) असन्तुष्ट बनेको खबर सञ्चारमाध्यममा आयो । सरकारले एमालेसँग सहमति गरेलगत्तै मधेसी गठबन्धन असन्तुष्ट बनेको सुनियो । यसरी बल्झिएको अन्तद्र्वन्द्वको निकास अझै अनिश्चित छ । यसबाट सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावका साथै मधेसी मोर्चा र सरकारबीचको सहमतिको भविष्य के हुने भन्ने प्रश्न उठेको छ । आजका अधिकांश पत्रपत्रिकाले यसै जिज्ञासालाई आफ्नो मुख्य समाचारको विषयवस्तु बनाएको देखिन्छ ।

नागरिकले ‘संशोधनमा दुई तिहाई जुटाउन पहल’ शीर्षक समाचार लेखेको छ । समाचारअनुसार, संविधान संशोधन विधेयक पारित गर्न आवश्यक दुई तिहाई बहुमत जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहल थालेका छन् । यसै विषयमा बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय जनता पार्टीका नेताहरूसँग प्रधानमन्त्री दाहालले छलफल गरेको र वार्तापछि राजपाका नेताले सरकारसँग देखिएको असमझदारी हटेको प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ । समाचारमा बताइएअनुसार सो भेटमा प्रधानमन्त्रीले मधेसमा स्थानीय तहको संख्या बढाउने आफ्नो प्रतिबद्धताबाट सरकार पछि नहटेको जनाएका थिए ।

Agni Group

नागरिकको समाचारका पूरकका रूपमा ‘दाहालले डाके सर्वदलीय बैठक’ र ‘विपक्षी रणनीति’ शीर्षक अन्य दुई समाचार पनि रहेका छन् ।

अन्नपूर्ण पोस्टले मुखपृष्ठको मध्यतिर ‘नयाँ मापदण्ड आजै’ शीर्षक दिएर यो समाचारलाई तीन कोलममा प्रस्तुत गरेको छ । समाचारमा मोर्चासँगको बिहीबारको भेटमा प्रधानमन्त्री दाहालले एमालेसँग संख्या थप्ने निर्णय फिर्ता लिने सहमति नभएको भन्दै मोर्चाका नेताहरूलाई आश्वस्त पार्ने प्रयास गरेको उल्लेख छ ।

Global Ime bank

राजधानीले यही समाचारलाई ‘संशोधनको सकस’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचारमा सत्तापक्ष र प्रतिपक्षका आआफ्ना जिकिरहरू अभिव्यक्त हुने गरी ‘पारित गर्छाैं सत्तारूढ’, ‘असफल पार्छौं : विपक्षी’ लाई हाइलाइट गरिएको छ ।

समाचारमा एकातिर प्रधानमन्त्रीसहित सत्तापक्षीय नेताहरूले संविधान संशोधन विधेयक पारित गर्नका लागि लबिङलाई तीव्र बनाएको र अर्कोतिर एमालेले चाहिँ संशोधन विधेयक देश र जनताको हितमा नरहेको निष्कर्षसहित असफल बनाउने निर्णय गरेको उल्लेख छ ।

नयाँ पत्रिकाले ‘संशोधनको पक्षमा दुईतिहाइ पुग्ने संकेतले मोर्चा लचिलो’ शीर्षक राखेर मुख्य समाचार बनाएको छ । समाचारमा बुधवार आन्दोलनमा जाने घोषणा गरेका मधेसी दल बिहीबार प्रधानमन्त्रीलाई भेटेपछि निर्वाचनमा जान सहमत भएको उल्लेख छ । नयाँ पत्रिकाको समाचारमा बालुवाटारमा बिहीवार फेरि तीन समझदारी भएको उल्लेख छ । समाचारअनुसार प्रधानमन्त्री–मोर्चा छलफलमा सहमतिमा स्थानीय तहको संख्या थप्ने, ‘फास्ट ट्र्याक’ बाट संविधान संशोधन र सर्वदलीय बैठक बोलाउने सहमति भएको छ ।

नयाँ पत्रिकाको समाचारमा संविधान संशोधनका लागि गणितीय जोडघटाउको अनुमानित आँकडा पनि प्रस्तुत छ ।

यही समाचारलाई कान्तिपुरले ‘दुई तिहाइ मुस्किल’ शीर्षकमा प्रस्तुत गरेको छ ।

निर्वाचनमा सेना परिचालन हुने

राजधानीले मुखपृष्ठको अन्ततिर चार कोलममा लेखेको ‘खुल्यो सेना परिचालनको बाटो’ शीर्षक समाचारमा स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न सरकारलाई बाटो खुलेको उल्लेख छ । समाचारअनुसार, सेना परिचालनका लागि सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति प्रदान गरेपछि निर्वाचनमा सेना परिचालनको बाटो खुलेको हो ।

यसै समाचारलाई अन्नपूर्ण पोस्टले ‘सेना परिचालनको बाटो खुल्यो’ शीर्षकमा एक कोलममा लेखेको छ भने नयाँ पत्रिकाले ‘निर्वाचनमा सेना परिचालनको स्वीकृति’ शीर्षक दिएर दुई कोलमको समाचार बनाएको छ । समाचारमा सैनिक प्रवक्ता सहायकरथी झङ्करबहादुर कडायतलाई उद्धृत गर्दै सेना तेस्रो घेरामा रहने बताइएको छ ।

संवैधानिक इजलासका सदस्य तोकिए

अन्नपूर्ण पोस्टले ‘संवैधानिक इजलास बल्ल’ शीर्षकमा हालै सर्वोच्चको बृहत् इजलासले जारी गरेको परमादेशविपरीत न्यायपरिषद्ले वरिष्ठतम चारजना न्यायाधीशलाई बिहीबार संवैधानिक इजलासको सदस्य नियुक्त गरेको समाचार लेखेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश सुशीला कार्कीलगायत वरिष्ठ न्यायाधीशहरू गोपाल पराजुली, ओमप्रकाश मिश्र, दीपक जोशी र देवेन्द्रगोपाल श्रेष्ठ सदस्य हुनेछन् । समाचारअनुसार बैठकले परमादेशको साटो परम्पराअनुसार नै वरिष्ठतम चार जनालाई इजलासमा तोक्ने निर्णय गरेको हो ।

सोही समाचारसँगै ‘परिषद्मा आश्चर्य र दुःख’ शीर्षक एक अर्को समाचारमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीको एसएलसीको प्रमाणपत्रमाथि प्रश्न उठाउँदै सञ्चारमाध्यममा आएका समाचारलाई लिएर परिषद्मा आश्चर्य व्यक्त भएको उल्लेख छ ।

ओमनमा बेचिँदै नेपाली चेली

नागरिकले वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ लिई विक्री गर्ने गिरोहका चार सदस्यहरू विष्णु लामा, तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामा पक्राउ परेको समाचारलाई मुखपृष्ठमा महत्त्वका साथ प्रस्तुत गरेको छ । समाचारअनुसार, उनीहरूले नेपाली युवतीहरूलाई नेपालका विभिन्न नाकाबाट दिल्ली हुँदै ओमन पुर्याउने गरेको खुलासा भएको छ । नेपालमा चेलीबेटी बेचबिखनको समस्या अझै पनि भयावह रहेको तथ्य यो समाचारबाट पुष्टि हुन्छ ।

तस्बिर समीक्षा

अन्नपूर्ण पोस्टले ललितपुर पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिंदै गरेको र रथजात्रा सुरु भएको तस्बिरलाई मुख्य बनाएको छ ।

गोरखापत्र, हिमालय टाइम्स र नयाँ पत्रिकाले बालुवाटारमा बिहीबार भएको प्रधानमन्त्री र संघीय गठनबन्धनका नेताहरूबीचको भेटवार्तालाई मुख्य तस्बिर बनाएका छन् ।

कान्तिपुरले निर्वाचन आयोग परिसरमा भइरहेको निर्वाचन तयारीको चटारोलाई मुख्य तस्बिर बनाएको छ ।

राजधानीको मुख्य तस्बिर अलि भिन्नखालको छ । यसमा सरकारसँग राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै सालको पातबाट बनेको पोसाक लगाएर अर्धनग्न भई बिहीबार राजधानीमा जुलुस निकाल्ने युवा लहरै उभिएको दृश्य छ ।

सम्पादकीय

कान्तिपुरले ‘उपभोक्ता ठग्न नदेऊ’ शीर्षक सम्पादकीय लेखेको छ । यसमा गुणस्तर तथा नापतौल विभागको फितलो अनुगमन र कारबाही तथा उद्योगी–व्यवसायीको लापरबाहीले वस्तुको गुणस्तर र नापतौलमा उपभोक्ताहरू ठगिंदै आएको उल्लेख गर्दै यस्तो हुन नदिन प्रहरी प्रशासनलगायत सम्बन्धित सरोकारवालाबीच समन्वयपूर्वक अनुगमन हुनु आवश्यक रहेको उल्लेख छ ।

राजधानीको सम्पादकीयको शीर्षक छ– ‘१६ दिनका चुनौती’ । प्रस्तुत सम्पादकीयमा स्थानीय चुनाव आउन १६ दिनमात्र बाँकी रहँदा सतहमा देखापरेका चुनौतीहरूको विश्लेषण गरिएको छ ।

नयाँ पत्रिकाले ‘तलब राज्यको, सेवा एनजीओको’ शीर्षक दिएर सम्पादकीय लेखेको छ । यसमा नेपालको कृषिसँग सम्बन्धित सरकारी संयन्त्रमा रहेको एनजीओमुखी प्रवृत्ति र त्यसले पारेको असरको विवेचना छ ।

हिमालय टाइम्सले ‘संघीय बजेटको तयारी’ शीर्षक सम्पादकीय लेखेको छ ।  सम्पादकीयमा आगामी आर्थिक वर्षको बजेटको ढाँचा विगतका वर्षको भन्दा फरक हुनुपर्ने बताउँदै यसलाई संघीय शासनको ढाँचामा पहिलो बजेट हुने उल्लेख गरिएको छ ।

गोरखापत्रले ‘औलो उन्मूलनमा सचेतता’ शीर्षकमा सामयिक र स्वास्थ्य सरोकारसँग सम्बन्धित सम्पादकीय लेखेको छ ।

नागरिकले ‘आयोगको अलमल’ शीर्षक सम्पादकीयमा निर्वाचनलाई झन्झन् अस्थिर पार्ने काम निर्वाचन आयोग आफँैले गरेको देखिन थालेको टिप्पणी गरेको छ ।

अन्नपूर्ण पोस्टले ‘प्रान्तीय सीमा’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीय प्रान्तको सीमाङ्कनसम्बन्धी विवादको विवेचनामा केन्द्रित छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०७४  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC