site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । २०७२ मा नेपालमा भूकम्प आउँदा चीनको स्वायत्त प्रदेश तिब्बतका केही क्षेत्रमा समेत क्षति पुगेको थियो । तर भूकम्पको दुई वर्ष बित्दा भूकम्पले क्षति पुर्याएका तिब्बती क्षेत्रको पुनर्निर्माणको काम पूरा भएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले जनाएको छ । समाचारअनुसार, अहिले तिब्बतको भूकम्पग्रस्त क्षेत्रमा जनजीवन सामान्य भैसकेको छ । 
भूकम्पका कारण तिब्बतका १८ काउन्टी (जिल्ला) का तीन लाख व्यक्तिहरू पीडित भएका थिए । भूकम्पपछि तिब्बत सरकारले राहत र पुनर्निर्माण कार्यलाई युद्धस्तरमा सञ्चालन गरेको थियो । दुई वर्षपछि अहिले भूकम्पग्रस्त क्षेत्रमा पानी, बिजुली र दूरसञ्चार आदि विकास पूर्वाधारहरूको आपूर्ति सहज भएको छ । 
समाचारअनुसार, तिब्बतको चिगाजे सहरले भूकम्पपछिको पुनर्निर्माणका लागि ११ अर्ब युआन खर्च गरिसकेको छ भने दस हजारभन्दा धेरै व्यक्तिका लागि नयाँ घर निर्माण गरिएको छ । यी क्षेत्रमा पर्यटकहरू आउने क्रम बढेकोले मानिसहरूको आयस्रोत वृद्धि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC