site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अब पूरा हुँदैछ, एक्लै उड्ने सपना  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मान्छेले हवाइजहाज या हेलिकोप्टरमा बसेर आकाशमा उड्ने सपना त पूरा गरेको छ, तर आफ्नै इच्छाले स्वच्छन्द आकाशमा विचरण गर्ने उसको चाहना अझै पनि अधुरै छ । यही अधुरो सपनालाई ‘फ्लाइङ कार’ बनाउन जुटेको सिलिकान भ्यालीको ‘स्टार्ट अप’ कम्पनी ‘किटी हक’ ले पूरा गर्न लागेको छ । 
कम्पनीले दाबी गरेअनुसार, किटी हकलाई संसारमा सबैभन्दा बढी प्रयोग गरिने सर्च इन्जिन गुगलका सहसंस्थापक लरी पेजको समर्थन प्राप्त छ । सोमबार कम्पनीले प्रसारित गरेको एउटा भिडियोमा यस्तो कारको नमुना प्रदर्शित गरेको छ । कम्पनीले यसै वर्षको अन्त्यतिर ‘व्यक्तिगत फ्लाइङ मेसिन’ बेच्न सुरु गर्ने जनाएको छ ।
गुगलको मुख्यालयसमेत रहेको अमेरिकी राज्य क्यालिफोर्नियाको माउन्ट भ्यु क्षेत्रमा किटी हक कम्पनीको कार्यालय छ । सो कार्यालयबाट प्रकाशित एक वक्तव्यमा भनिएको छ, ‘‘व्यक्तिगत उडानलाई वास्तविकतामा परिणत गर्नु हाम्रो मिसन हो । हामी मान्छौं, जब प्रत्येक व्यक्तिसँग उड्ने क्षमता हुन्छ, उनीहरूका लागि अवसरको असीमित संसार उपलब्ध हुनेछ ।’’ 
कम्पनीले सार्वजनिक गरेको भिडियोमा एक सिटवाला एउटा ‘विमान’ देखाइएको छ, जसको माथि माकुराको जालोजस्तो एउटा प्लेटफार्म छ र जसमा हवाइ यात्री बस्न सक्छ । भिडियोमा यो विमान अज्ञात क्षेत्रको कुनै तालमाथि उडिरहेको देखाइएको छ । विमानको विशेषता के हो भने यो हवाइजहाजजस्तो रनवेमा दौडिन्न, बरु हेलिकोप्टरजस्तै सिधै उड्न सक्छ । यसको तौल १०० किलोग्राम छ र यसले सतहदेखि चार मिटर उचाइमा २५ मिल प्रतिघन्टाको दरले उडान भर्न सक्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४  ०३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC