घटना क्रम
काठमाडौं । एक थाइल्याण्डका नागरिकले आफ्नी नाबालक छोरीलाई हत्या गरेको भिडियो फेसबुक मार्फत लाइभ प्रशारण गरेको प्रहरीले जनाएको छ । तर नाबालक बच्चाको हत्याको केही बेरपछि उनले आत्महत्या गरेको बीबीसीले जनाएको छ ।
एक्काइस वर्षका नागरिकले आफ्नी श्रीमतिसँगको झगडापछि पहिला छोरीलाई झुण्ड्याएर मारेको र त्यसपछि आत्महत्या गरेको हो । घटना पुखेतको एक होटलमा सोमबार भएको बताइएको छ ।
फेसबुकले यो घटनापछि सो परिवारलाई समवेदना पठाएको छ । साथै फेसबुकले सो भिडियो हटाएको छ । सो व्यक्तिका आफन्तले उक्त भिडियो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४ ००:०८
प्रतिक्रिया दिनुहोस्