site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
फ्रान्समा राष्ट्रपति चुनावः दोस्रो चरणमा दुई उमेदवारबीच प्रतिस्पर्धा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजनीतिमा मध्यमार्गी मानिने इमेनुएल मेक्रों र केही उदार दक्षिणपन्थी मानिने मरी पेन फ्रान्समा भएको राष्ट्रपति चुनावको दोस्रो चरणमा प्रवेश गरेका छन् । उनीहरूबीच दोस्रो चरणमा तीव्र प्रतिस्पर्धा हुने बीबीसीले जनाएको छ । 

समाचारअनुसार, आइतबार भएको मतदानमा उच्च स्थानमा रहेका मेक्रोंको सात मईमा हुने दोस्रो चुनावमा मरी ल पेनसँग मुकाबिला हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

बीबीसीका अनुसार, विगत छ दशकयता फ्रान्समा भएको चुनावमा मुख्य दक्षिणपन्थी या वामपन्थी पार्टीका उमेदवार दोस्रो चरणमा पुग्न नसकेको यो पहिलो पटक हो । चुनावको पहिलो चरणमा हालसम्म गनिसकिएका ९७ प्रतिशत मतमध्ये मेक्रोंलाई २३.९ र मरी ल पेनलाई २१.४ प्रतिशत मत प्राप्त भएको छ । फ्रान्सको राष्ट्रपति चुनावमा ११ जना उमेदवारहरू प्रतिस्पर्धामा थिए । 

इमेनुएल मेक्रों राजनीतिमा आउटसाइडर (बाहिरी व्यक्ति) मानिन्छन्, किनभने उनको खासक्षेत्र वित्तप्रबन्धन हो । उनी सन् २०१६ सम्म फ्रान्सको समाजवादी सरकारमा अर्थव्यवस्था हेर्ने मन्त्री थिए ।

Global Ime bank

उनले ‘इन मार्स’ नामक एक राष्ट्रवादी अभियान चलाएका थिए र एक वर्षमै उनी निकै लोकप्रिय बन्न पुगे । उनले १६ वर्षको उमेरमा आफूभन्दा २४ वर्ष जेठी एक जना स्कुल शिक्षिकासँग प्रेमविवाह गरेका थिए । 

मेक्रोंकी प्रतिस्पर्धी मरी ल पेन आठ वर्षकी हुँदा उनको पेरिसस्थित घरमा हमला भएको थियो र यहीँदेखि उनमा राजनीतिक रुचि बढेर गएको थियो । त्यतिखेर उनी पाँच तल्ले घरको छतबाट तल खसेकी थिइन् र एउटा रुखको हाँगामा अड्किएर बाँचेकी थिइन् ।

उनलाई राजनीति र नेशनल फ्रन्ट नामक पार्टीको नेतृत्व उनका पिता ज्याँ मेरी ल पेनबाट विरासतमा प्राप्त भएको बताइन्छ । यसभन्दा अघि २०१२ को चुनावमा पनि उनले प्रतिस्पर्धा गरेकी थिइन् र तेस्रो स्थानमा रहेकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०७४  ०४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC