site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकार चितवनमा भेटिएको ध्रुवे हात्तीजस्तो भयो : केपी ओली 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार चितवनमा केही समय अघि भेटिएको धु्रवे हात्तीजस्तो भएको आरोप लगाएका छन् ।
व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले भने–“लोकतन्त्र भनेको अराजकता र असंविधानतन्त्र होइन । त अहिलेको सरकार धु्रवे हात्ती जस्तै भयो । बहालवाला डीआईजीलाई कानुनी परामर्श लिन जाँदा पक्रिएर थुन्छ । अनि लोकतन्त्रका कुरा गर्छ ।”
सरकारले जे मन लाग्यो त्यही गरिरहेको उनको आरोप थियो ।
“कानुन हातमा लिने काम नगर्नू, सरकार थितिअनुसार चल्नुपर्छ,” ओलीको चेतावनी थियो, “सरकारले आफू कार्यसम्पादन मुल्यांकन फेरफार गर्छ आरोप डीआईजीलाई लगाउँछ । सरकार यति सारो तल झर्नुपर्दैन । यसले प्रजातन्त्र कहीं पुर्याउने होइन । एउटा आईजीले चुनाव जिताउँछ भन्ने नसोँचे हुन्छ । अहिलेको जमानामा प्रहरीले चुनाव जिताउने होइन । एउटा आईजी भयो भने हामीलाई चुनाव जित्न सजिलो हुन्छ भन्ने कुरा सरकारको छ ।”
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०७४  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC