site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपिएल : पञ्जाबको तेस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । किंग्स इलेभेन पञ्जाबले दशौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । आइतबार बेलुका भएको खेलमा गुजरात लायन्सलाई २६ रनले पराजित गर्दै पञ्जाबले तेस्रो जित निकालेको हो ।

राजकोटमा पञ्जाबले दिएको १८९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । गुजरातका लागि दिनेश कार्तिकले अविजित ५८ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् ।  त्यस्तै उसका कप्तान सुरेश रैनाले ३२ तथा एन्ड्रयु टेएले २२ रन जोडे । पञ्जाबका सन्दिप शर्मा, केसी करिप्पा र अक्षर पटेलले समान दुई दुई विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस हारेर पहिले ब्याटिको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोडेको थियो । पञ्जाबका लागि हासिम अमलाले ६५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै पञ्जाबका अक्षर पटेलले ३४, कप्तान ग्लेन म्याकस्वेलले ३१ तथा शेन मार्शले ३० रन जोडे । गुजरातका एन्ड्रयु टेएले २ विकेट लिए ।

यो जितसँगै ७ खेलमा तेश्रो जित हात पारेको पञ्जाब लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित गुजरात ७ खेलबाट ४ अंक जोडेर लिगको पुछारमा रहेको छ । लिगमा मुम्बई इण्डियन्स शिर्ष,कोलकाता नाइट राइडर्स दोस्रो र सनराइजर्स हैदरावाद तेस्रो स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC