site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘राब्ता’मा राजकुमार रावको ३२४ वर्ष पुरानो ‘लुक’
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुशान्त सिंह राजपुत (३१) को आगामी चलचित्र ‘राब्ता’ मा राजकुमार राव(३२) अतिथि भूमिकामा देखिनेछन् । चलचित्रमा उनी ३२४ वर्षका वृद्धको भूमिका निर्वाह गरेको देखिँदैछन् । आफ्नो अनुहारको फोटो ट्विटरमा शेयर गर्दै उनले लेखे– “र, यहाँ छ मेरो, ‘राब्ता’ का लागि अतिथि अनुहार” तस्वीरमा राजकुमारलाई चिन्न सकिँदैन । दिनेश भिजनको निर्देशनमा बनेको चलचित्र ९ जुनमा रिलिज हुँदैछ । 

लसएञ्जल्सका मेकअप इफेक्ट आर्टिस्ट र क्रियचर डिजाइनर जर्ज ट्रोएस्टरले राजकुमारलाई मेकअप गरेका हुन् । मेकअप प्रविधिका माध्यमद्वारा जर्जले ३२ वर्षका राजकुमारलाई ३२४ वर्षका वृद्ध जस्तै बनाइदिएका छन् । जर्जले ‘स्नो  ह्वाइट एन्ड द हन्ट्सम्यान (२०१२), ‘इन्डर्स गेम (२०१३), र ‘द डेन (२०१३) जस्ता हलिउड फिल्ममा स्टार्सलाई मेकअप गरिसकेका छन् । 

Agni Group

३२४ वर्षका वृद्ध जस्तै अनुहार पाउनका लागि राजकुमारलाई ६ घन्टा लागेको थियो । एक अन्तर्वार्तामा उनले भने, “जब यो लुकका लागि मेकअप गरिन्थ्यो, मेकअपभित्र म पसिनाले भिजेर निथ्रुक्क हुन्थेँ । मेकअप गर्दा धैर्यता चाहिन्थ्यो ।

तर यो भूमिका अत्यन्तै रमाइलो थियो । चलचित्रमा मेरो छोटो तर दमदार भूमिका छ ।” राजकुमारले आफ्नो यो भूमिकाका लागि शरीरको हाउभाउदेखि आवाजसम्म परिवर्तन गरेका छन् । उनले शरीरमा ट्याटु पनि बनाएका छन् । राजकुमारसँगै दीपिका पादुकोण पनि ‘राब्ता’सँग जोडिने छिन् ।
सन् २०१० मा आएको ‘रन’ देखि राजकुमारले डेब्यु गरेका थिए । ‘लभ, ..., और धोखा (२०१०), शाहिद (२०१३), क्वीन (२०१४), सिटिलाइट (२०१४), अलीगढ (२०१६) जस्ता चलचित्रबाट उनी प्रसिद्ध भएका थिए । शाहिद (२०१३) का लागि राजकुमारले राष्ट्रिय र फिल्मफेयर अवार्ड जितिसकेका छन् ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०७४  ०१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC