site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भगवती, गंगा र स्नेहा क्वाटरफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भग्वती विक, गंगा शर्मा र स्नेहा यादव पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला लन टेनिस संघद्वारा आयोजित प्रतियोगितामा भगवतीले सलोनी तामाङलाई ६–२ र ६–१, गंगाले अभिलाषा विष्टलाई ६–१ र ६–१ तथा स्नेहाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा रञ्जन श्रेष्ठले प्रीतम परियारलाई ६–० र ६–१, अभिनव आचार्यले श्रीयान्स अग्रवाललाई ६–० र ६–२, सुब्रत बस्नेतले डा. देव थापालाई ६–४ र ६–०, प्रदीप खड्काले कोनोन एफ. स्क्युसलाई ६–१ र ६–०, कुवेहाङ चेम्जोङले निशान श्रेष्ठलाई ६–१ र ६–१, विकास खड्काले सन्दिप पौडेललाई ६–० र ६–० तथा अदित सुवेदीले नवीन श्रेष्ठलाई ६–२ र ६–४ को सीधा सेटमा हराउँदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा आत्माराम कार्की, रोहित सुनुवार, निरज थापा, कमल भण्डारी, छेवाङ लामा, सन्जिव श्रेष्ठ, सुबोध अधिकारी र डा. देव थापा प्रिक्वाटरफाइनलमा पुगे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विभु कायश्थ, समिर शेरचन, संग्रामसिंह लामा, मनोहरदास मुल, विमल गुरुङ, प्रदीप शाह, अमृत रोका र विकास गुरुङ अन्तिम १६ मा स्थान बनाउन सफल रहे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा डा. पवित्रजंग रायमाझी र नरेन्द्र रावल तथा प्रेमकुमार शाही र अमृत कंशाकार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा मुरारीभक्त माथेमाले प्रतिद्वनद्वी चन्द्रमान तुलाधरबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भए ।

Global Ime bank

प्रतियोगिताको मुख्य प्रायोजक सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् र सातदोबाटोस्थित टेनिस कोर्टमा हुने साताव्यापी प्रतियोगितामा २ सय ५२ खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

पुरुष÷महिला सिंगल्स विजेताले ३० हजार, उपविजेताले १५ हजार, सेमिफाइनलिस्टले ७ हजार ५ सय र क्वाटरफाइनलिस्टले ३ हजार ७ सय ५० नगद पुरस्कार पाउनेछन् । पुरुष डबल्स÷मिक्स डबल्समा पहिलो हुनेले २४ हजार, दोश्रोले १२ हजार तथा सेमिफाइनलिस्टले ६ हजारका दरले नगद पुरस्कार जित्ने छन् । त्यस्तै ३५ र ४५ वर्षमाथि विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद पुरस्कार हात पार्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC