site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्राफिकको आँखा छलेर हर्न बजाउँदै हुनुहुन्छ ? होसियार ! तत्कालै पक्राउ पर्नुहोला
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबार दिउँसो बा १४ च ५४०३ नम्बरको निजी कार काठमाडौंको ज्ञानेश्वरस्थित रसियन दूतावास नजिकै अस्वभाविक रूपमा हर्न बजाएर भगवती बहालतर्फ लाग्यो । त्यही बाटोमा महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी मिङ्मार लामा सडकको अवस्था बुझ्न निस्किएका थिए । उनले सेटमा उक्त कारलाई तत्कालै कारबाही गर्न सर्कुलर गरे । त्यो कारलाई नागपोखरीमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर हर्न बजाएबापत पाँच सयको चिट थमाइदिए । 

बा १४ च ९६४६ नम्बरको कार दरबारमार्गमा खाली बाटोमा हर्न बजाउँदै रत्नपार्कतर्फ आउँदै थियो । त्यसै बेला दरबारमार्गका ट्राफिकले सेटमा खबर गरे त्यो सवारीलाई भद्रकालीमा नियन्त्रणमा लिएर कारबाही गरियो ।

बा १ ज ८३५५ नम्बरको ट्याक्सी पनि केशरमहलमा अनावश्यक हर्न बजाउँदै जमलतर्फ आउँदै थियो, त्यसलाई पनि रानीपोखरीको आकासे पुलमा प्रहरीले समाइहाल्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, ललितपुरको धापाखेलमा बा २ ख २०६५ नम्बरको गाडी हर्न बजाउँदै हात्तिवनतर्फ जाँदै थियो उक्त गाडी पनि केही बेरमै प्रहरीको फन्दामा परिहाल्यो । 

मंगलबजारबाट हर्न बजाउँदै कुमारीपाटीतर्फ जाँदै गरेको बा ७३ प ६६९० नम्बरको मोटरसाइकललाई पनि ट्राफिक प्रहरीले केहीबेरमै पक्राउ गर्यो ।

Global Ime bank

एक साताभित्र काठमाडौंमा हर्न बजाएवापत कारवाहीमा परेका यी त केही उदाहरणमात्रै हुन् । उपत्यकाभित्र नयाँ वर्ष २०७४ देखि जथाभावी हर्न बजाउन मनाही छ । अनावश्यक हर्न बजाएको खण्डमा ट्राफिकले नियन्त्रणमा लिएर ५ सय रुपैयाँ जरिबाना तिराउँछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार वैशाख १ गतेदेखि हालसम्म १९ सय ८८ जना सवारी चालक हर्न बजाएबापत कारबाहीमा परिसकेका छन् ।

महाशाखाका अनुसार वैशाख २ गते १९ जना, ३ गते ४१२ जना, ४ गते ४२१ जना, ५ गते ३४९ जना, ६ गते २७८ जना, ७ गते २३८ जना, ८ गते १६८ जना, र ९ गते १०३ जना गरी १९ सय ८८ जना कारवाहीमा परेका हुन् । 

“जथाभावी हर्न बजाउनेलाई हामीले तीव्र रूपमा कारबाही गर्दै आएका छौं,” महानगरीय ट्राफिक प्रमुख डीआईजी मिङ्मार लामाले भने, “अरुलाई डिस्टर्ब हुने गरी हर्न बजाउने सवारी चालकलाई कारबाही हुन्छ ।” घुम्ती, दुर्घटना हुने अवस्था र सडकमा विषेश अवस्था आएमात्र हर्न बजाउन पाइने उनले स्पष्ट पारे । हर्न बजाउन कम भएदेखि सडक दुर्घटनामा पनि कमी आएको उनले जानकारी दिए । 

ललितपुर ट्राफिक प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुले पनि हर्न बजाएर अस्वाभाविक रूपमा ओभरटेक गर्ने तथा जिकज्याक चलाउनेहरू सही बाटोमा आएको र सडक दुर्घटनामा पनि कमी आएको बताए । 

उनले भने, “जथाभावी हर्न बजाउने गरेका कारण बाटो छेउमा भएका स्कुल तथा अस्पताल दिक्क थिए, अहिले आनन्द भएको छ ।” 

बढी हर्न बजाउने माइक्रो

ट्राफिक प्रहरीका अनुसार अनावश्यक रूपमा हर्न बजाउनेमा माइक्रोबस अगाडि छन् । ट्राफिक प्रहरीले हर्न बजाउनेलाई कारबाही थालेपछि सबैभन्दा बढी कारबाहीमा माइक्रो नै परेका छन् । आफूभन्दा अघि भएका सवारीसाधनलाई हर्न बजाएरै दिक्क पार्ने बानी परेका माइक्रो चालक अहिलेसम्म पनि पूर्ण रूपमा नसुध्रिएको ट्राफिक प्रहरीहरू टिप्पणी गर्छन् । 

डीआईजी लामा भन्छन्, “हर्न बजाउन ९० प्रतिशत कम भइसकेको छ, हामी सय प्रतिशतमा झार्ने कोसिसमा छौैं ।” 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC